पटौटीमा किसान सूचिकरण शिविर सम्बन्धित दोस्रो दिनका कार्यक्रम सम्पन्न (भिडियो,फोटो सहित)
माघ १७ गते, २०७८ मा प्रकाशित
डिआरजी सुमन
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीमा किसान सूचिकरण शिविर सम्पन्न भएको छ ।
पाणिनी गाउपालिकाको कार्यालयकोआयोजनामा पाणिनी ४ पटौटीको वडाकारयलय र देउरालीमा संचालित सिविरको पाणिनी ४ कृषकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाल सरकार को संघ , प्रदेस र स्थानीय तहबाट प्रदान हुने अनुदानका कर्यक्रमहरुमा दोहोरोपना हटाउन तथा वास्तविक किसानकोपहिचान गरी किसानहरुलाइ डिजिटल प्रणालिमा सूचीकरण गर्दै किसान परिचयपत्र वितरण गर्नको लागि कृषकहरुको कृषि तथापशुपालन सम्बन्धी विवरण संकलन गर्ने तथा कार्यक्रमको प्रचारप्रसार गर्ने उद्देश्यले संचालित सिविरमा २००वढी किसानहरु उपस्थित भैआफ्नो विवरण दिएका थिए ।
पाणिनि गाँउ पालिका कृषि प्रविधि दधि अधिकारी,विनोद रायमाझी निर्मला पोखरेल सहितको प्राविधिक टोलीले सहजीकरण गरेकोकार्यक्रममा पाणिनि गाँउ पालिका ४ मादोस्रो दिनका कार्यक्रम सम्पन्न भएको छ भने भोली तेस्रो दिन कुडापानि ररजौसा मा कार्यक्रम आयोजन गरिएको पाणिनि गाँउ पालिका कृषि प्राविधिक दधिराम अधिकारी ले वताउनुभएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।