अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको वार्ड नम्वर ४ खनको साविक ४ मखातमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न भएको छ ।
सो अवसरमा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री बिष्णु प्रसाद खनाल `मुस्कान´ले काङ्ग्रेस पार्टी जनताको साथी भएको बताउनुभएको छ ।
टोल समिती गठन गर्ने कार्यक्रम अन्तर्गत खनको साविक ४ मखातमा भएको कार्यक्रममा उपस्थित नेता कार्यकर्तालाई सम्बोधन गर्दै सह महामन्त्री मुस्कानले जनतालाई परेका पिरमर्का बुझ्ने र समस्या समाधान गर्ने गरि पार्टी अगाडि बढेको बताउनुभयो । धेरै पटक सत्तामा पुगेको कम्युनिष्ट पार्टीले फिटिक्कै विकास नगरेको बताउदै उहाँले काङ्ग्रेसले अब विकास निर्माण, रोजगारिको व्यवस्थापन गर्ने गरि काम गर्ने बताउनुभयो ।
यस्तै नेपाली काङ्ग्रेसका जिल्ला सचिव कृष्ण प्रसाद खनालले जनप्रतिनिधिले विकास निर्माणका काममा पक्षपात गरेको आरोप लगाउनुभयो ।
कार्यक्रमा खन वडा कार्यसमिती कार्यबाहक सभापती बिनिराम पोख्रेलको सभापतित्व, उपसभापती जुद्द प्रसाद खनालको स्वागत र नेपाली काङ्ग्रेस मालारानी सचिव रबिन घिमिरेको सन्चालनमा सम्पन्न भएको हो ।
यस्तै प्रेम बहादुर बिकको सभापतित्वमा १७ सदस्यीय नेपाली काङ्ग्रेस मखात टोल समिती गठन भएको छ ।