पटौटीमा किसान सूचिकरण सम्बन्धि तेस्रो दिनको शिविर सम्पन्न (भिडियो, फोटो सहित)


डिआरजी सुमन 
पटौटी,मंगलवार , १८ माँघ २०७८  अर्घाखाँची डट्कम) । पाणिनी गाउँपालिका वडा न ४ पटौटिमा किसान सूचिकरण सिविर सम्पन्न भएको छ । 
पाणिनी गाउँपालिकाको कार्यालयको आयोजनामा पाणिनी ४ पटौटीको कुडापानी र रजौसा संचालित सिविरको पाणिनी ४ कृषकको उल्लेखनीय उपस्थिति रहेको थियो ।
नेपाल सरकार को संघ , प्रदेस र स्थानीय तहबाट प्रदान हुने अनुदानका कर्यक्रमहरुमा दोहोरोपना हटाउन तथा वास्तविक किसानकोपहिचान गरी किसानहरुलाइ  डिजिटल प्रणालिमा सूचीकरण गर्दै किसान परिचयपत्र वितरण गर्नको लागि कृषकहरुको कृषि तथापशुपालन सम्बन्धी विवरण संकलन गर्ने तथा कार्यक्रमको प्रचारप्रसार गर्ने उद्देश्यले संचालित सिविरमा धेरै किसानहरु उपस्थित भैआफ्नो विवरण दिएका थिए ।  
पाणिनि गाँउ पालिका कृषि प्रविधि दधि अधिकारी,विनोद रायमाझी सहितको प्राविधिक टोलीले सहजीकरण गरेकोकार्यक्रममा पाणिनि गाँउ पालिका ४ मादोस्रो दिनका कार्यक्रम सम्पन्न भएको छ भने भोली तेस्रो दिन कुडापानि ररजौसा मा कार्यक्रम आयोजन गरिएको पाणिनि गाँउ पालिका कृषि प्राविधिक दधिराम अधिकारी ले वताउनुभएको छ ।
 पाणिनि गाँउ पालिका वडा नं ४ वडा अध्यक्ष स्थानेश्वर घिमिरे,वडा सदस्य राम वहादुर क्षेत्री ,स्वतन्त्र पत्रकार डिआरजी सुमन लगायतकोआथित्यतामा सम्पन्न कार्यक्रम को संचालन दधिराम अधिकारीले गर्नु भएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु