अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा खानेपानीको मार्सिक महशुल घटेको छ ।
सन्धिखर्कका उपभोक्ताहरुलाई खानेपानीको मार्सिक महशुल घटेको हो । जसमा आगामी फाल्गुण १ गतेदेखि लागू हुने गरि खानेपानी महशुलमा हाल कायम रहेको न्युनतम महशुल दर २०० रुपैयाँलाई घटाई १५० रुपैयाँ कायम गरिएको छ ।
यस्तै सन्धिखर्क खानेपानी उपभोक्ता छैठौ साधारण सभा तथा पाँचौ अधिवेशन चैत्र १२ गतेदेखि हुने भएको छ ।