वाङ्गला , केरुङ्गा र अर्घातोषमा स्वास्थ्य सामग्री बितरण कार्यक्रम सम्पन्न


रुद्रमणी भुसाल
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । एनआर एनको सहयोग र प्रवासी नेपाली जनसम्पर्क समिति भारतको पहलमा अर्घाखाँचीको वाङ्गला , केरुङ्गा र अर्घातोषमा स्वास्थ्य सामग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल , प्रवासी नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे , सुकुमबासी आयोगका अर्घाखाँचीका अध्यक्ष यादब घिमिरे , नेपाली कांग्रेस अर्घाखाँचीका उपसभापति बाबुराम पौडेल ,नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि चन्द्रमान श्रेष्ठ , नेपाली कांग्रेस गुल्मीकी जिल्ला सदस्य एवं नेपाली जनसम्पर्क समिति भारत नेता सुनिता कुवंर , जिल्ला समन्वय समितिका नायबसुम्बा बिनोद कुवंर र वडा अध्यक्षहरु कृष्ण श्रेष्ठ, अशोक श्रेष्ठ , निम्ति अध्यक्ष पशुपति श्रेष्ठ सम्बन्धि स्वास्थ्य चौकीका इन्चार्ज लगायतको उपस्थितिमा वाङ्गलामा ५० लिटरको एकथान अक्सिजन कन्सन्टट्रेटर मेसिन माक्स ,पिपिइ , अर्घातोषमा दुईथान अक्सिजन सिलिनडर ,माक्स ,पिपिइ र केरुङ्गमा एकथान अक्सिजन कन्सन्टट्रेटर मेसिन माक्स ,पिपिइ , बितरण गरिएको हो ।
स्वास्थ्य सामाग्री हस्तारण गदै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसाल , प्रवासी नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले स्वास्थ्य सामाग्रीले गाउँका गरिब दुखीलाई आफ्रनो टोलमै उपयोग गर्न सहजहोस भनेर निकै मिहिनेतकासाथ लेउनको लागि समन्वय सिफारिस र आफनो पहल रहेको दुबै जनाले बताउनु भएको थियो । कोभिडको बेलामा स्वास्थ्य सामाग्री हस्तरण गरेकाले स्थानिय हर्सित भएको केरुङ्गका समाजसेबी केदार भुसालले बताउनु भयो । उहाँले अक्सिजन सिलिनडर ,माक्स ,पिपिइ लगायतका स्वास्थ्य सामग्री ल्याउन पहल गर्ने प्रवासी नेपाली जनसम्पर्क समिति भारत लगायत सबैलाई धन्यबाद दिनु भयो ।

अन्य समाचारहरु