अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा समता स्कुल अर्घाखाँचीले सरस्वती पुजा २०७८ को अवसरमा साना वालवालिकाहरुलाई अक्षर सुभारम्भ गराएको छ।
कोभिडको कारण बन्द विधालय बन्द रहेको भएता पनि नयाँ विधार्थीका लागि सरस्वती पुजाको अवसरमा अक्षर सुभारम्भको कार्यक्रम आयोजना गरेको हो।
विगत केही बर्ष देखि शिक्षामा समता कायम हुनुपर्छ भन्ने मान्यता अनुरुप समता फाउन्डेसन मार्फत देशका धेरै जसो जिल्ला हरुमा समता स्कुल संचालन हुँदै आईरहेको छ।उक्त फाउन्डेसन का व्यबस्थापक उत्तम सञ्जेल हुन।
मासिक १०० रुपैया शैक्षिक स्कुल रहेको समता स्कुलमा अङ्ग्रेजी माध्यम मा पठनपाठन गराईन्छ।सस्तो र शुलभ शिक्षा संवैधानिक अधिकार भएकोले संविधान को भावनालाई पनि कदर गर्ने गरि अर्घाखाँची पनि समता स्कुल संचालन हुँदै आएको समता स्कुल ,अर्घाखाँचीका प्रधानध्यापक सन्तोष केसीले बताए ।साथै यस विधालयले धैरेलाई समतामूलक शिक्षा प्रदान गर्ने देखिएता पनि पुर्ण रुपमा व्यवस्थापन का लागि सम्पुर्ण शिक्षाप्रेमि,समाजसेवी र अभिभावकको साथ र सहयोग आवश्यक पर्ने बताए।
सरस्वती पुजा तथा अक्षर सुभारम्भ कार्यक्रममा विधालयका व्यवस्थापक भेष बहादुर केसी, प्रधानध्यापक सन्तोष केसी ,सहायक प्रधानध्यापक नविना केसी,पत्रकार रुद्रमणि भुसाल ,शिक्षाप्रेमी बुद्धि गैरे,अर्घाखाँची डटकमका व्यवस्थापक बसन्त खडका लगायत शिक्षक,अभिभावक र विधार्थीहरुको उपस्थिति रहेको थियोे ।