अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न १ का आतिष किरण विकको दैनिकी अहिले निकै फेरिएको छ ।
कार्यबोझ उही र उस्तै भए पनि काम गर्ने तरिका आयआर्जनसँग जोडिएर दैनिकीलाई व्यस्त बनाउन पाउँदा उहाँमा बेग्लै खुसी छाएको छ । विक उमेरले ४० पुग्नु भयो । जीवनमा धेरै उतारचढाव आए तर सम्हालिँदै जानुभयो । काठमाण्डौमा ५ बर्ष सम्म अध्ययन गदै जागिर गरेका विकले अपेक्षित उपलब्धी हासिल गर्न सक्नुभएन । त्यसपछि उनले पैसा कमाउनका साथसाथै सेबा दिन सन्धिखर्क कै बजारमा ६३ सालमा ग्रिल उधोग खोल्नुभयो । त्यसपछि बजारमा उधोग राम्रो चल्यो अहिले विकले उधोगमा दैनिक ५० जनालाई रोजगारी दिनुभएको छ ।
विकले लाखौ रुपैयाको लगानीमा व्यबसाय सुरु गरेमा अहिले करोडौ मालिक बनेका छन् । सुरुमा दिनमा दिनभरिमा हजारको व्यापार हुदा निरास बनेका विकलाई अहिले दिनमै लाखौ रुपैयाको व्यापार हुदा उनी खुसी छन् मलाई स्बदेश पनि यही विदेश पनि यहि भन्दै अधिकांश मानिस सुख र सम्पन्नता प्राप्तिका लागि विभिन्न तरिकाबाट भौंतारिरहेका हुन्छन् । जसका लागि कोही विदेशिन्छन् भने कोही स्वदेशमै केही गरेर देखाउने दाउमा हुन्छन । धेरैजसोको जसरी पनि कमाउने एकसूत्रीय उद्देश्य हुन्छ । केही चाहिँ भौतिक सुखभन्दा पनि आत्मसन्तुष्टिको खोजीमा हुन्छन् । तर, तालमेल नमिल्दा न भौतिक सुख प्राप्त हुन्छ, न त आत्मसन्तुष्टि नै । ऊर्जाशील जीवन त्यत्तिकै खेर जान्छ । अहिलेका अधिकांश ऊर्जाशील युवाको सपना हो, वैदेशिक रोजगारी । सक्नेहरूको गन्तव्य युरोप, अमेरिका, नसक्नेको खाडी या मलेसिया । आफ््नो देशमा कुनै अवसर नदेख्ने, विदेशमा अवसरै अवसर देख्ने नेपाली युवा जमात देशमा छ ।
त्यसो त वैदेशिक रोजगारीको सकारात्मक पाटो पनि छ, त्यो हो सीप, प्रविधि, परिश्रम, समयको महत्व । त्यही भएर विदेश जानुअघि आफ्नो देशमा कुनै अवसर नदेख्ने युवाहरू विदेशबाट फर्किएपछि अवसरै अवसर देख्छन् । विकले स्वदेशमै केही गनुपर्छ भनेर २०६३ सालमा काठमाण्डौबाट घर फर्कि बुबाले सम्माल्दै आएको पेशालाई थप परिमार्जन गदै अघि बढे आतिषले पैसा कमाउनुको सट्टा पेशालाई व्यबस्थिति बनाउनका लागि दिन रात सोचे र अहिले उनी करोडौको मालिक बने असफलतालाई सफलताको प्रतिक मान्ने विकले रोजेको पेशाले ग्राहकको माग बढ्यो व्यापार गर्ने काम पनि विकल्पको रुपमा अगाडि बढाए । उनले भने “ड्युटी बाहेकको समय मिलाएर माग संकलन गर्ने गर्दथ्यौं । माग अनुरुप ग्राहकलाई सामान आपूर्ति गरी दिन्थ्यौं । उनको व्यापार पनि बढ्दै गयो । त्यसो त विकले काठमाण्डौमा बस्दा अपसेटमा काम गरेका थिए । तर उनको सीप उधोगमा काम लागेन तर उनलाई बुवाले अबलम्बन गरेको पेशा भएकोले त्यती गाह्रो भएन सदरमुकाम सन्धिखर्कमा उनले सामान्य पसल शुरु गरे । उनले पसलबाट पनि राम्रै पैसा कमाए । सन्धिखर्कमै लाखौ रुपैयाँ खर्चेर पक्की घर बनाए ।
विकको उधोगमा अहिले च्यानल गेट रेलिङ्ग ¥याल ढोका लगायतका सम्पूर्ण फलामका सामानहरु बन्दछन् । सुरुमा बजारमा विक्रीको लागि असहज हुदाँ चिन्ता मार्ने विकको अहिले करोडौ रुपैयाको लगानीमा उधोग चलाउदा उनी खुसीले मख्ख छन् सामान्य परिबारमा जन्मिएका विकको जीवनशैली पहिला अफठ्यारो भएपछि अहिले फेरिएको छ औपचारिक रुपमा उच्च शिक्षा सम्म अर्थशास्त्रमा अध्ययन गरेका विकलाई व्यबसाय सञ्चालनमा निकै सहज भएको छ । विकले अहिले मासिक २ लाख देखि ३ लाख मासिक रुपमा कमाउनुहुन्छ ।
सीप सदुपयोगको लागि गनुपर्ने काम
विकले राज्यले युवालाई स्वदेशमै कम्पनी खोलेर रोजगारी दिनु पर्नेमा जोड दिन्छन् । उनी भन्छन् सीपको सदुपयोग गर्न राज्यले छुट्टै कम्पनी खोलेर रोजगारी दिनु पर्छ । यसो ग–यो भने सार्वजनिक खरिदमा गरिने बजेटको पनि सही सदुपयोग हुन्छ । बेरोजगार युवाले पनि स्वदेशमै रोजगारी पाउँछन् । सरकारले अगुवाई गरेर आह्वान गर्ने हो भने विदेशमा पैसा कमाएका युवाले लगानी गरी हाल्छन् नि, तर राज्यले त्यसो गर्न सकेको छैन ।
युवालाई देशका उद्योग धन्दा, कलकारखानामा लगानी गर्ने वातावरण बनाई दिनु पर्छ, उनले भने युवालाई स्वदेशमै रोजगारी दिनु प¥यो। नाम मात्रको युवा स्वरोजगार, प्रधानमन्त्री रोजगार कार्यक्रमले विदेश जाने युवालाई छोएकै छैन । सञ्चालित कार्यक्रममा पनि फलानो पार्टीको समर्थक भनेर विभेद गरिन्छ । त्यसकारणले गर्दा युवाले सिकेको सीपको ग्यारेन्टी राज्यले गरिदिनुपर्छ ।