भिजिट भिसामा दुबई जान लागेकी अर्घाखाँचीकी एक युवतीलाई अध्यागमनले फर्कायो


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । भिजिट भिसामा दुबई जान लागेकी अर्घाखाँची जिल्लाकी एक युवतीलाई अध्यागमन विभागले प्रस्थान अनुमति नदिई फिर्ता गरेको छ। 
सोमबार भिजिट भिसामा दुबई जान लागेकी अर्घाखाँचीकी सजना केसीलाई अध्यागमन विभागले प्रस्थान अनुमति नदिई फिर्ता गरेको हो । सजनाको पुरा ठेगाना खुलेको छैन् ।  
अर्घाखाँचीकी सजनाले भिजिट भिसामा दुबई जानुपर्ने औचित्य पुष्टि गर्न नसकेको र उनीले गृह मन्त्रालयलयले तोकेको मापदण्ड अनुसार कागजात बुझाउन नसकेपछि अध्यागमनले  फिर्ता गरेको हो।  अध्यागमनले सोमबार नै अन्य दुई जनालाई पनि प्रस्थान अनुमति नदिई फिर्ता गरेको छ।
सजनाले अध्यागमनका अधिकारीहरुसँग आफू मौरी व्यवसाय अवलोकन गर्न जाने जिकिर गरेकी थिईन् । गृह मन्त्रालयले भिजिट भिसामा मलेसिया र खाडी मुलुक जान रोक लगाएको छ । 

अन्य समाचारहरु