सन्धिखर्कमा सरोकारवालासँग शिक्षा सम्बन्धी २ दिने अन्तरक्रिया कार्यक्रम शुरु


बिष्णु खनाल 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँचीको सन्धिखर्कमा आज (बुधवार) देखि स्थानीय सरोकारवालासँग २ दिने अन्तक्रिया कार्यक्रम सुरु भएको छ । दिगो विकास लक्ष्य ४ अनुसार शिक्षा २०३० नेपाल राष्ट्रिय ढाँचा कार्यन्वयन सम्बन्धमा स्थानीय सरोकारवाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ अन्तक्रिया कार्यक्रम सन्धिखर्कमा सुरु भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको आयोजनामा लुम्बिनि प्रदेशका ५ जिल्लालाई समेटी अन्तक्रिया कार्यक्रम सुरु गरिएको शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीले जानकारी दिए ।
कार्यक्रममा लुम्बिनि प्रदेश अन्तर्गत अर्घाखाँची, प्युठान, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका स्थानीय तह सामाजिक विकास समितिका पदाधिकारी तथा शाखा अधिकृत, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक लगायतका सहभागी रहेका छन् ।
कार्यक्रम उद्घाटन शत्रका प्रमुख अतिथि तथा सन्धिखर्क नगरपालिकाका प्रमसख कमल प्रसाद भुसालले शिक्षाका विषयमा हुने अन्तक्रिया कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । साथै जिल्ला बाहिरबाट आएका अतिथिहरुलाई जिल्लाका ऐतिहासिक साँस्कृतिक पर्यटन क्षेत्रको अवलोकनका लागि आग्रह समेत गरेका थिए ।
शिक्षा, सामाजिक, विज्ञान, सँस्कृति र आमसञ्चारको क्षेत्रमा काम गर्ने युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगले दुई दिनसम्म शिक्षाको क्षेत्रमा छलफल गर्ने आयोगका सचिव गोविन्द प्रसाद अधिकारीले बताए ।
उद्घाटन कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख मणिराम पराजुलीको अध्यक्षता, आयोगका सचिव गोविन्द प्रसाद अधिकारीको स्वागत मन्तव्य र शाखा अधिकृत ईन्दिरा बुढाथोकीको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु