अर्घाखाँचीमा सम्पूर्ण क्षेत्र खुले, नखुलेका सबै बिद्यालयहरु आईतवारदेखि शुचारु हुने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा अब सम्पूर्ण क्षेत्र पुरा रुपमा खुल्ने भएका छन् । 
जिल्लामा कोरोना संक्रमण बन्द रहेका सम्पूर्ण क्षेत्र अब फागुन १ गते आईतवारदेखि पुरा रुपमा  खुल्ने भएका हुन् । 
जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)  अर्घाखाँचीको बैठकले फागुन १ गतेदेखि कोरोना संक्रमितको संख्या कम हुदै गएकोले मठ मन्दिर मस्जिद गुम्बा चर्च लगायतका धार्मिकस्थलहरु, खेलकुदका गतिबिधि जनस्वास्थ्यका मापदण्ड अपनाएर संचालन गर्ने  र सम्पुर्ण होटल र ब्यापार ब्यवसाय बेलुका ९ बजेसम्म खुल्लने लगायतका निर्णय गरेको छ ।
बैठकले फागुन १ गतेदेखि अर्घाखाँचीका नखुलेका सबै बिद्यालय  भौतिक उपस्थितिमै पठनपाठन संचालन गर्ने निर्यण समेत गरेको छ । 

अन्य समाचारहरु