ढाकावाङमा राष्ट्रिय जनमोर्चाका जनवर्गीय संगठनहरुको संयुक्त प्रशिक्षण भेला सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ढाकावाङमा राष्ट्रिय जनमोर्चाका जनवर्गीय संगठनहरुको संयुक्त प्रशिक्षण भेला सम्पन्न भएको छ । 
 २०७४ सालको स्थानीय तहको निर्वाचनमा गरेका बाचा पुरा गर्न अग्रसर रहेको राष्ट्रिय जनमोर्चाका नेताहरूले बताएका छन् । अर्घाखाँचीको ढाकावाङ्गमा सम्पन्न जनवर्गीय सङ्गठनको संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो दाबी गरेका हुन ।
अन्यदलहरुले झुठो नारा बेचेर राज्यका निकायलाई भ्रष्टाचारको अखडा बनाएको आरोप लगाउदै उनिहरुले स्रोत र साधनलाई जनताको हितमा खर्च गरेको जिकिर गरेका छन् ।
बोल्ने एक गर्ने अर्को बानि परेकाहरुका कारण प्राप्त उपलब्धि र राष्ट्रिय स्वाधीनता धरापमा परिरहेको भन्दै नेताहरूले राष्ट्र र जनहितमा काम गर्नेलाई समर्थन गर्न आग्रह गरेका छन् । युवक, विद्यार्थी र महिला संघमा आवद्ध  भुमिकास्थान-१ का प्रतिनिधिहरुको सहभागीतामा सम्पन्न भेलामा राजमो केन्द्रिय सदस्य झबिलाल थापा,जिल्ला अध्यक्ष थम्मन के.सी.,जिल्ला सचिव बाबुराम पन्थी,जिल्ला सदस्य मेघराज खनाल,अनेम संघ केन्द्रिय सदस्य कल्पना पोख्रेल,युवक संघ केन्द्रिय सचीव कुलराज खनाल र अखिल छैठौंका केन्द्रिय सल्लाहकार गोपाल प्रसाद भट्टराईले सम्बोधन गर्नुभएको हो । युवा,विद्यार्थीलाई भ्रयाङ्ग बनाएर राष्ट्रघात गर्नेहरुका विरुद्ध सचेत हुनुपर्नेमा उहाँहरुको जोड छ । कार्यक्रम अनेम संघ भुमिकास्थान-१ को अध्यक्ष खुमा वेल्वासेको अध्यक्षता,माधव खनालको स्वागत मन्तव्य र जिवन नेपालीको संचालनमा सम्पन्न भएको हो । 
भेलाले मेघनाथ खनालको अध्यक्षतामा २३ सदस्यीय युवक संघको वार्ड स्तरीय समितिको गठन समेत गरेको छ । जसको उपाध्यक्षमा दिपक नेपाली,सचिव माधव खनाल,सह-सचीव सरस्वता खनाल र कोषाध्यक्षमा बिमल भुसाल चयन हुनुभएको छ । 
यस्तै भेलाले सुवास खनालको अध्यक्षतामा ४५ सदस्यीय अखिल छैठौंको पनि गठन गरेको छ । जसको उपाध्यक्ष,सचीव,सह-सचीव र कोषाध्यक्षमा क्रमश: कृष्ण खनाल,प्रशम्सा खनाल,दिपशिखा खनाल र सुस्मिता नेपाली छनौट हुनुभएको छ । 

अन्य समाचारहरु