जलुके कृषि तथा पशु विकास महिला सहकारीकाे ५ ओँ साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 
जलुके, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेमा जलुके कृषि तथा पशु विकास महिला सहकारीकाे ५ ओँ साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएको छ । 
जलुकेमा आज शुक्रवार जलुके कृषि तथा पशु विकास महिला सहकारीकाे ५ ओँ साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएको हो । 
दोस्रो अबिधेसनबाट गिता केसीको अध्यक्षतामा ९सदस्यि कार्य समिति चयन भएको छ । शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहकारी मार्फत कृषि उपज बिर्की गर्ने किसानहरुलाई उत्पादनमा आधारित अनुदान बितरण गरिएको छ ।
नगर प्रमुख तथा उपप्रमुखले ६७ जना किसान लाई करिव १० लाख अनुदान बितरण गर्नु भएको हो । बंगुर पालन ,केरा खेती, खशीबोका तथा लोकल कुखुरा बिक्री गरे बापत प्रतिकेजी ५० रुपिया नगरपालिको प्रदान गरेको हो । अनुदान पाउने सबै भन्दा बढी केरा खेती तर्फ ९६ हजार सम्म अनुदान प्राप्त गरेका छन । 
वडा अध्यक्ष रुकेस आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथिमा नगर उपप्रमुख टिका रेस्मी, हेफर इन्टरनेशनलका कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा इपिसिडिसी अध्यक्ष हरि खड्का , इपिसिडिसी परियोजना संयोजक केशब भुसाल कृषिशाखा प्रमुख अनिल शर्मा इपिसिडिसी सिसिबिएफ नेत्र मरासेनी कार्यपालिका सदस्य राम बहादुर दर्नाल,अर्चना राना लगायतको उपस्थतमा अनुदान बितरण कार्यक्रम सम्पन्न भएको छ ।

अन्य समाचारहरु