अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा साना ब्यवसायिक कृषि उत्पादन केन्द्रको तरकारी पकेट बिकास कार्यक्रममा तरकारी मल, बिषादी, मिनिटिलर बितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा समुह, शहकारी एवं फर्मका सदस्यहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर, बिउ, बिषादि, प्लाष्टिक टनेल बितरण गरीएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख कमल प्रसाद भुसालले कार्यक्रममा बोल्दै कृषि क्षेत्रमा ब्यबसायीकता एवं पर्यटन प्रबद्र्धन मार्फत कृषकको जिवनस्तर उकास्न नगरपालिका लागि परेको बातए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, नगर उपप्रमुख ठाकुर कुमार बिक, नगर कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, कार्यपालिका सदस्य यमकला थापा लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम तरकारी पकेट कार्यक्रमका अध्यक्ष सुर्य भट्टराईको अध्यक्षता, गिता अधिकारीको स्वागत मन्तब्य र बाबुराम पाण्डेको संचालनमा सम्पन्न भएको थियो । साथै नगर कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कार्यक्रमको उदेश्यकोबारे प्रकास पारेका थिए ।