धनचौरमा एकीकृत समाजवादीको वार्ड कार्यालय उद्घाटन तथा बिस्तारित बैठक सम्पन्न


हृदय भुसाल 
धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान वार्ड नम्बर १० धनचौरमा नेकपा (एकीकृत समाजवादी) को वार्ड कार्यालय उदघाट्न तथा बिस्तारित बैठक सम्पन्न भएको छ ।
वडा कार्यालयको एक विशेष कार्यक्रमको बीच उदघाटन गर्दै नेकपा (एस) अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले सबैलाई अग्रगामी समाजवादी पार्टीको आन्दोलनमा अगाडी बड्नु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका चौहानले समाजबादी पार्टी जनताको आकर्षक पार्टी बन्दै गएको भन्दै प्रतिगामीहरुलाई प्ररास्त गर्न सबै एक भएर लाग्न आग्रह गर्नु भयो । अध्यक्ष चौहानले समाजबादी पार्टीको अभियानबाट मात्र देश समृद्ध बन्ने बताउनु भयो । एमसिसि जस्ता रास्ट्रघाति परियोजना कुनै हालतमा खारेज हुनु पर्ने बताउनु भयो ।
पार्टी जिल्ला कमिटी सचीव युवराज पौडेलले समाजबादी पार्टीका अब सबै नेता कार्यकर्ताहरु उत्पादनमा अनिवार्य जोडिनु पर्ने भन्दै जनताको लोकप्रिय पार्टीमा सबै गोलबन्द हुनु पर्ने बताउनु भयो ।
कार्यक्रममा समाजवादी पार्टी जिल्ला कमिटि नेताहरू हृदय कुमार भुसाल तारापती भट्टराई झबिलाल भट्टराई, भोजन गुरुङ सुधीर नेपाली अर्जुन बुढामगर डिलाराम पाण्डे रामसिंह भट्टराई दुर्गा प्रसाद भट्टराई लगायका नेताहरूले प्रशिणमुलक मनतब्य राख्नु भएको थियो ।
बिस्तारित बैठकले सगठन निर्माण, सदस्यता बितरण, रास्ट्रघाती एमसिसिको भण्डाफोर, स्थानिर्वाचन निर्वाचनको तयारी गर्ने जस्ता महत्त्वपूर्ण निर्णय गरेको छ । कार्यक्रम पार्टी वाड कमिटी अध्यक्ष सुभ बहादुर समालको अध्यक्षता उपाध्यक्ष बिष्णु चुदालीको स्वागत मनतब्य र सचीव नवीन घमको सन्चालन सम्पन्न भएको छ ।

अन्य समाचारहरु