आज जनयुद्ध नेपालमा आरम्भ भएको आज २७ बर्ष पुगेको छ । खासगरी तत्कालीन माओबादीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएता पनि आशिक उपलब्धी हासिल भए तत्कालित नेतृत्बमा उताब चढाब आउदा पार्टीमा विभाजन आयो र माओबादी विभाजन भयो जनयुद्धलाई विभिन्न तरिकारबाट मनाउने गरेको पाईन्छ । जनयुद्धले इतिहासमा कुनैकुनै दिनले नयाँ आरम्भको, नयाँ सुरुआतको सन्देश दिन्छन् । फागुन १ गते त्यस्तै ऐतिहासिक दिन हो जसले देशको राजनीतिमा ऐतिहासिक र विशिष्ट महत्व राख्छ । यसलाई अर्को अर्थमा भन्दा यो एउटा उत्कर्षको दिन हो । एउटा राजनीतिक सन्दर्भको उत्कर्षको दिन । एउटा प्रक्रिया निधेष गरेर नयाँ प्रक्रिया सुरु भएको दिन हो यो । नेपालको राजनीतिमा जनयुद्धबाट आएको माओवादी पार्टीको नेतृत्व र संसद्वादी पार्र्टीहरूको गठजोडबाट नेपालको राजनीतिमा प्रतिगमन वा पश्चगमन सुरु भयो, त्यसलाई तोडेको दिन हो । त्यसलाई निषेध गरेर कम्युनिस्ट आन्दोलनलाई एउटा मोड दिएको दिन हो । यो एउटा क्रमभङ्ग पनि हो, आरम्भ पनि हो । नेपाली जनताका लागि सुखद एवम् गौरवपूर्ण दिन हो । यसै विषयमा केन्द्रित रहेर नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्र विक्रम चन्द (विप्लब) सँग पत्रकार अनिल नेपालीले गरेको कुराकानी
१) फागुन १ लाई कसरी सम्झनुहुन्छ जनयुद्धबाट नेपालीले के पाए ?
फागुन १ गते नेपाल नेपाली जनताको गौरबको दिन हो हामीले पनि यो दिनलाई गौरबको दिनमा मनाउछौ पहिलो कुरा महान् जनयुद्ध राजनीतिको एउटा क्रमभङ्ग थियो । नयाँ सुरुआत थियो । एउटा थालनी थियो । त्यसको सार भनेको नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवाद हुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा सुरुआत थियो । नेपालका श्रमिक जनताहरूको विद्रोहको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनविद्रोह सुरु ग¥यो । त्यसले एउटा सफलता प्राप्त गर्दै जाँदाखेरि नेपालमा त जनताले जित्छन् भन्ने साबित ग¥यो । त्यतिमात्रै होइन, सही विचार, सही कार्यदिशा, सही योजना र नेतृत्व रहँदाखेरि जुनसुकै परिस्थितिमा पनि सामन्तवाद पुँजीवादलाई पल्टाउन सक्ने जनताको सामथ्र्य छ भन्नेसाबित गरेको छ । तेस्रो कुरा दस वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी सत्ता बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्यायप्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे । त्यसपछि गएर प्रशासन खडा गरे । विभिन्न खालका राज्य र अङ्गहरू निर्माण गरे, प्रशासनिक निकायहरू निर्माण गरे, वित्तिय संस्थाहरू निर्माण गरे, उद्योगहरू निर्माण गरे । शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सुरुआतहरू गरे । यस्ता खालका अभूतपूर्व परिणामहरू दस वर्षमा प्राप्त भएर ती परिणामहरूले के साबित ग¥यो भने जनतानै इतिहासको निर्माता हो र कम्युनिस्ट पार्टीले सही नेतृत्व दिन सक्दाखेरी जनताले रातारात एउटा कायापलट, एउटा ठूलो परिवर्तनलाई हेरफेर गर्न सक्छन् भन्ने प्रमाणित ग¥यो । श्रमिक जनताको प्रतिनिधित्व गरेको हाम्रो पार्टी हाम्रो पङ्क्तिले एउटा आत्मसमर्पणवादका विरुद्धमा, विसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा ग¥यौँ । त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्नेखालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ । फेरी एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ । हामी यहाँ आइपुगेका छौँ र अहिले फेरी दलाल पुँजीपति वर्ग र नेपाली जनताको बीचमा नयाँ सङ्घर्षका किरणहरू अथवा सङ्घर्षका प्रक्रियाहरू अगाडि आएका छन् ।
२) आन्दोलनका उपलब्धीको रक्षा गर्न के गनुप¥र्यो माओबादीको सगठन संरचना ध्बस्त हुनुलाई कसरी विश्लेषण गनुहुन्छ ?
जनयुदले नेपालको राजनितिक ईतिहासमा अभूर्त पूर्ब ईतिहास सफलता र उपलब्धी हासिल गर्यो नेपाली जनताले बिजय हासि गरे नेपाली जनताले आफ्नै अर्थतन्त्र बनाए सेना बनाए प्रशासन बनाए अदालत बनाएर सामन्तबाद र पुजीबादका विरुदमा जनताले आफनै सत्ता स्थापना गरेर जनताले देशमा नयाँ सत्ता निर्माण गरे मूलत त्यो बेला जनयुद्धको मुख्य नेतृत्व गरेका भनेर चिनिने प्रचण्ड, बाबुराम र बादलहरू हुन् । जनयुद्धको नेतृत्व गरेका उनीहरूमा एकाएक त्यत्रो विचलन आयो । बाबुरामले माक्र्सवाद नै छोड्नुभयो । प्रचण्डजीले क्रान्ति छोड्नुभयो जनयुद्धले उठाएका विषयले आज पुर्णता पाउन सकेन् प्रचण्ड बाबुरामले जनयुद्धको आदर्श र उपलब्धी मान्यताबाट प्राप्त उपलब्धीको रक्षा गर्न सक्नुभएन जनताले जुन उचाईमा सफलता प्राप्त गरे ती सफलताबाट पराजय हुनुप¥र्यो रक्षा हुन सकेन यो गौरबपूर्ण दिन विभिन्न घटना परिघटनामा हुदै आज यहाँ सम्म आएको छ ती घटना र परिघटनाका शिक्षालाई आज एकीकृत जनक्रान्तिमा रुपान्तरण गरेर नेपालमा नयाँ क्रान्तिको सुरुवात गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौ ।
३) अझै आन्दोलन क्रान्ति र मुक्तिका कुरा गनुहुन्छ कसरी सम्भब छ ?
क्रान्ति असम्भब होइन अपरिहार्य र आबश्यकता हो जुन दिनसम्म नेपाली जनताले आफ्नो सत्ताको सुनिरिचत गर्न जुन दिन सम्म नेपाल स्वाधीन बन्न सक्दैनन त्यो पुरानो सत्ता प्रतिक्रियाबादी सत्ता पुजीबाँदी सत्ताका विरुदमा क्रान्ति अपरिहार्य र आबश्यकता हुन्छ ।
४) जनयुद्धमा ज्यान गुमाएका परिबार घाइते अपाङ्गका परिबारलाई के सन्देश दिनुहुन्छ ?
जनयुद्ध एउटा गौरबपुर्ण विद्रोहको दिन हो जुन आफैमा नेपाली जनताको लागि सबैभन्दा उच्च महत्ब राख्ने दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने प्राण दिने नेपाली जनताको मुक्तिको लागि सम्मान र श्रदाका लागि हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ । यो घर्तिमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गछौ सहिद जन्माउने आमाबाबु गुमाउने छोराछोरी जीनसगिनी गुमाउने सहिदहरु प्रति सम्मान गछौ क्रान्तिको हैरानीले गर्दा केही रुपरेखा देखा परेतापनि आज सहिदको बलिदान नभएको भए मुलुकमा गणतन्त्र स्थापना हुने थिएन महत्वपुर्ण राजनितिक अधिकारहरु प्राप्त हुने थिएनन् । क्रान्तिमा नेतृत्बमा आएको विचलनले गर्दा केही सहिदको सपनामा केही समस्या देखा परेतापनि ती अपूर्ण सहिदका सपनालाई पुर्णता दिएर लक्ष्यका साथ हाम्रो पार्टीका नेता कार्यकर्ता त्याग निष्ठाका साथ लाग्नुभएको छ सहिद परिबारको पनि साथ सहयोगबाट हामी अगाडि बढेका छौ । देशको परिबर्तनको लागि आफनो ज्यानको आभुति दिनुहुने सहिदहरु प्रति हामी जहिले पनि सम्मान गछौ ।
५) जनयुद्धका सबै सारथीहरु आज संसदबादमा पतन हुदा तपाई किन खाँली क्रान्तिका मात्र कुरा गनुहुन्छ ।
क्रान्ति प्रतिकुल परिस्थतिसँग ईतिहास सँग लड्ने कुरा हो जनताका उत्पिडन दमनसँग लड्ने कुरा हो । जनता जहिले पनि परिबर्तनको पक्षमा हुन्छन् क्रान्तिको पक्षमा छन् । जनताले क्रान्तिप्रति जुन विश्वास गरेर जनयुद्धमा आफ्नो बलिदान गरेका थिए ती शोषित पिडित जनताले अहिले पनि न्यायको अनुभुति गर्न सकेका छैनन् ती शोषित पिडितलाई मुक्ति दिन न्यायको अनुभुति दिलाउनको लागि हामी अगाडि बढेका छौ । शोषित पिडित जनतालाई जबसम्म न्यायको अनुभुति हुदैन त्यतिबेला सम्म हामीले नेतृत्व गछौ । जनता प्रति विश्वासका साथ अगाढि बढेमा क्रान्तिका चरणमा आउने विभिन्न घटना र परिघटनालाई सजिलै सँग समाधान गर्न सकिन्छ ।
६) अब तपाईको पार्टीको रणनिति के हुन्छ ?
नेपाली जनताले दलाल पुजीबादी संसदीय व्यबस्था असफल र संकटग्रस्ट भएका कारणले जनताले निकास पाउन सकेका छैनन् जनताले दुख पाएका छन् कष्ट भोग्नुपरेको छ । जसका कारणले देशमा पुजीबादी सत्ता निर्माण भएता पनि जनताले त्यसको आकार ईकारको पहिचान गर्न सकेका छैनन् त्यसकारणले गर्दा जनताको सत्ता बैज्ञानिक समाजबादी सत्ता निर्माणको लागि हामी लागेका छौ नेपालमा बैज्ञानिक समाजबादी सत्ता किसान मजदुर श्रमिक बर्गको हुनेछ त्यसको लागि हामी निरन्तर लागि परेका छौ । नेपालमा नेपाली जनताको सत्ता बैज्ञानिक सत्ता हुदै एकीकृत जनक्रान्ति मार्फत पुरा हुन्छ ।
७) बर्तमान सरकारले चुनाबको धोषणा ग¥र्यो तपाईहरु चाहि जनमत सग्रहको निति ल्याउनुभएको छ यो कसरी मिल्छ ?
जनमत सग्रह बस्तुस्थिति र जनताले चाहना गरे अनुसार त्यसको खाका हामीले जनताको बीचमा राखेका हौ नेपालमा संसदीय व्यबस्था सफल हुन सकेन जसका कारणले नेपाली जनताले विभिन्न बाधा अबरोध दुख कष्ठको सामना गनुपर्यो जनताका कुरालाई हामीले उजागर गर्दा राज्यले हामीलाई हतियार हिसाको सज्ञा दियो हामीले नेपालमा नेपाली जनताको आफै व्यबस्था ल्याउनको लागि जनमत सग्रहको अबधारणा ल्याएका छौ नेपालमा अब नेता छान्ने चुनाब होइन व्यबस्था छान्ने चुनाब गछौ हामी तयार छौ भनेर भन्दा राज्य जिम्मेबार बनेन राज्य जनताप्रति उत्तरदायि बन्न सकेन ३ बुद्धे सहमति कार्यान्वयन गर्न सकेन राज्यका क्रियाकलापले गर्दा हामी जिम्मेबार बनेका छौ लगतै केन्द्रिय समितिको बैठक बसेर चुनाब बारे नयाँ रणनिति ल्याउछौ ।
८) पार्टीले उत्पादनको निति बनाएको छ तपाई आफै उत्पादनमा सरिक हुनुभएको छ यसबारे प्रष्ट पारिदिनुस्
एकीकृत जनक्रान्ति भित्र हाम्रो आर्थिक द्धृष्टिकोण कस्तो हुने भन्ने कुरा हो लामो अध्ययन अनुसन्धान गरेपछि संरलेपण गरेको कुरा हो नेताहरु मालिकको खेलौनाबाट जोगिनुपर्छ पार्टी कम्पनीका मालिकबाट जोगिनुपर्छ । पार्टी बैदेशिक उपनिबेशबाट जोगिनुपर्छ । पार्टी नेता आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने द्धृष्टिकोणका साथ हामीले रणनिति बनाएर हामी उत्पादनमा सरिक भएका हौ । नेता कार्यकर्ता जनतालाई आर्थिक क्रियाकलाप पुजीनिर्माण सँग जोडिएर आत्भनिर्भर बन्नको लागि नयाँ अध्यायको सुरुवात गरेका छौ । नेता दुई छाक खानको लागि मालिकको दास बन्न नपरोस् भन्ने रणनितिका साथ आत्मनिर्भर बनाउनको लागि हामीले रणतिनि तय गरेका हौ जसले गर्दा प्रत्येक जिल्लामा हामीले करिब २ बर्षयता उत्पादनको थालनी गरेका हौ हामी खाधान्नमा आत्मनिर्भर बनेका छौ हामीलाई नेपाली जनताको साथ सहयोग रहेको छ ।
९ं) विदेशी सहयोगलाई कसरी विश्लेषण गनुहुन्छ र तपाईको निति के हो ?
खासगरी विश्ब भुमण्डीगृत चरित्रमा पुगेको छ सामाज्यबादी पुजीबाँदी देशले साना अविकसति देशलाई जहिले पनि उत्पिडिन दमनको शिकार बनाईराखेका छन् त्यसको तिब्रता नेपालमा परेको छ भारतले नेपालको कालापानी लिपुलेक लिम्पिियाधुरा क्षेत्रमा गरेको अघिक्रमण सिमा क्षेत्रमा गरेको ज्याजर्दी अमेरिकाले एमसिसिका नेपालमा जसरी लाद्ने चेस्टागरेको अहिले साम्राज्यबादी पुँजीबादी देशमा रणनितिले नेपाली जनताले दुख्ख कष्ठ चुनौतीको सामना गनुपरेको छ । जनताको सार्बभौमता स्वाधीनतामा दिन प्रति समस्थाको उजागर भएको छ । परिबर्तनको लागि हजारौले जनताले बलिदान गनुभयो लाखौ जनताले साथ सहयोग गर्नुभएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधीनता सार्बभौम रक्षाको लागि आन्दोलनको गनुपर्छ हामी तयार छौ । अन्र्तराष्ट्रिय परिस्थितिको सामना गरेर नेपाल र नेपाली जनतालाई विदेशी उपनिबेशबाट मुक्त बनाउछौ ।
१० )अन्त्यमा के भन्न चाहानुहुन्छ ?
जनयुद्ध दिवस नेपाली जनताको मनमनमा भिजेको छ । सबैको जीवनमा बदलिसकेको पर्व नै हो यद्यपि पछिल्लो समयमा केही समस्याहरू आए । तर पनि जनयुद्धमा कुनै न कुनै रूपले संलग्न नहुने नेपाला मान्छे नै छैन । यद्यपि काङ्ग्रेस–एमालेभित्रको पनि ठूलो पङ्क्ति कुनै न कुनै रूपले जनयुद्धमा संलग्न छ । जनयुद्ध दिवसलाई एउटा उत्सवका रूपमा मनाउनुपर्छ । पहिलो कुरा यो हो । दोस्रो कुरा जनयुद्धको जगमा एकीकृत जनक्रान्तिको विकास हुँदै गएको छ । जनयुद्धलाई उत्सवका रूपमा मनाउँदै गर्दा एउटा नयाँ प्रतिबद्धता गर्न चाहन्छौँ– जनयुद्धको जुन अधुरो पाटो छ राज्यसत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद निर्माण गर्ने जुन लक्ष्य छ, त्यो कार्यभारलाई पूरा गर्न हामी यो उत्सवमा एकीकृत जनक्रान्तिको कार्यभारलाई जोड्दै त्यही उचाइमा देश, परिवार, गाउँ, जिल्ला, क्षेत्र, देशभरि र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसलाई उत्सवका रूपमा मनाउनुपर्छ । यो गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ । एउटा नयाँ प्रतिबद्धतासँग जोड्नुपर्छ । गौरवको इतिहासलाई विजयको इतिहाससँग जोड्नुपर्दछ भन्ने अपिल छ