दिपक भुसाल | अर्घाखाँचीडट्कम संवाददाता
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटौटीकी एक क्यान्सर रोग पीडित युवतीलाई आर्थिक समस्या परेको छ ।
पटौटीका श्याम बहादुर रेश्मीकी २२ वर्षिया श्रीमती क्यान्सर रोग पीडित कमला पुन रेश्मीलाई आर्थिक समस्या परेको हो ।
उनको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार चलेको छ । भने परिवारले आर्थिक जुटाउन नसक्दा थप नियमित उपचारका लागि समस्या परेको छ । यस्तै परिवारको आर्थिक अवस्थ्या निकै कमजोर रहेको छ ।
साथै उनलाई बचाउन कसैले सहयोग गर्न चाहेमा उनका श्रीमान श्याम बहादुर रेश्मी ९८६४५८३०९६ र समाजसेवी हरि घिमिरे ९८४७१०४५०३ मा संपर्क गर्न सकिनेछ ।