अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेस निकट नेपाल तरुणदल अर्घाखाँची काठमाडौं सम्पर्क समितिको आयोजनामा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल तरुणदल अर्घाखाँची काठमाडौं सम्पर्क समितिको आयोजनामा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेसका जिल्ला सभापती केशव श्रेष्ठलेले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबी अभियानमा लाग्न तरुण युवाहरुलाई आग्रह गर्नु भएको छ ।
सभापति श्रेष्ठले पार्टीको तर्फबाट तरुण युवाहरुलाई गर्न पर्ने सम्पुर्ण सहयोगका लागि सधैं तयार रहेको बताउदै संगठनलाई चलाएमान बनाउन आग्रह गर्नु भएको हो ।
सभापति श्रेष्ठले तरुण युवाहरुको हरेक हकहित प्राप्तिका लागि आफू हरेक क्षणमा सहयोगका लागि खट्ने बताउनुभयो ।