जिवन नेपाली
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता जन भेटघाट सम्पन्न भएको छ ।
ढाकावाङको राजिमे, कुसुनमारे, पोखराखर्कमा राष्ट्रिय जनमोर्चाको अगुवा कार्यकर्ता जन भेटघाट सम्पन्न भएको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा बामपन्थी नेता सागर केसी, राजमो लुम्बिनी प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसी, प्रदेश सदस्य तथा अर्घाखाँची जिल्ला सचिब बाबुराम पन्थी सुनार , जिल्ला सदस्य कबिराम खनाल ,मेगराज खनाल ,अखिल (छैठौं )केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली ,युवक संघ का केन्द्रिय सदस्य कृष्ण खनाल, महिला संघकी जिल्ला सदस्य खुमा बेल्बासेको पनि उपस्थिति रहेको थियो ।
अगुवा कार्यकर्ता जन भेटघाट कार्यक्रममा बोल्दै राजमो केन्द्रिय सदस्य तथा बामपन्थी नेता सागर केसीले राजमोको कार्यदिशा, राजमोले खेलेको भुमिका,निति ,सिद्धान्त आगामी कार्य योजना कोबारेमा प्रष्ट पार्नु भएको थियो।
राजमो जिल्ला अध्यक्ष थम्मन केसीले बोल्दै जिल्लाको समसामयिक राजनिती अबस्थाको बारेमा र राजमोले जनताको हकहितको काम गरेको र सधैं जनतामै रहने प्रतिबद्धता जाहिर गर्नु भयको छ।
राजमो जिल्ला सचिब बाबुराम पन्थी बोल्दै अहिले विभिन्न राजनिती दलहरुले फैलाइरहेका भ्रममा नपर्न अनुरोध गर्नु भएको छ ।
राजमो जिल्ला सदस्य कबिराम खनालले बोल्दै राजमोको नीति, सिद्धांत र रास्ट्रियता र स्वाधीनताको पक्षमा लियको कदममा औला ठडयाउने ठाउँ नरहेको बताउनु भयको छ ।
साथै ढाकावाङका विभिन्न ठाउँमा राष्ट्रिय जनमोर्चाका कार्यकर्ता नेकपा एमाले, कांग्रेसमा प्रवेश गरेका भनेता पनि कोही पनि नगरेको र सबै राष्ट्रिय जनमोर्चामा नै फर्केका छन् ।