काठमाडौंमा एमसीसीविरुद्ध प्रर्दशन जारी | प्रर्दशनकारी र प्रहरीबीच झडप, कैयौ क्षेत्र तनावग्रस्त

एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)का भातृ संगठनहरु सहितका प्रर्दशनकारीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले त्यसलाई रोक्न पानीको फोहोरा समेत प्रयोग गरेको थियो।
त्यसक्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा केहीबेर सो क्षेत्र तनावग्रस्त बन्न गएको हो। अहिले पनि नयाँबानेश्वर–बबरमहल–माइतीघर सडकखण्डमा प्रर्दशनकारीहरुले एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै सरकारविरुद्ध चर्का नाराबाजी लगाइरहेका छन।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र नागरिक समाजका अगुवाहरुको समेत उपस्थितिमा विरोध प्रर्दशन भईरहेको छ। 
माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास गर्नु नहुने अडान लिएका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस भने एमसीसी संसदबाट पास गर्नुपर्ने पक्षमा रहेको छ। सेतोपाटीमा समाचार छ ।