अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ कुरमा रहेको मन्जरी युवा क्लबले कुरको चिसापानीमा खुल्ला भलिबल प्रतियोगिता नहुने भएको छ। आफ्नो स्थापना दिवसको अवसर पारेर वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको थियो ।
वडा स्तरीय भलिबल प्रतियोगिता शितगंगा नगरपालिका वार्ड न २ मा रहेको सितापुर नब युवा समितिले आयोजना गरेको भलिबल प्रतियोगिता एउटै मितिमा परी भाग लिने प्रतियोगि खेलाडी टिमहरुको संख्यामा कमि आएकोले यहाँ खुल्ला भलिबल प्रतियोगिता नहुने भएको छ।
“राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ फागुन ६ गतेबाट गर्न लागिएको उक्त खेलमा भाग लिनका लागि सम्पूर्ण खेलप्रेमीहरुलाइ आग्रह समेत आयोजकले गरेको थियो ।
भलिबल प्रतियोगितामा भाग लिन इच्छुक संघ,सस्था एवं क्लबहरुले फाल्गुण ५ गतेभित्र आ- आफ्नो समुह दर्ता गराइसक्नु पर्ने उक्त मन्जरी क्लबले जनाएको थियो ।
त्यसैगरी प्रतियोगितामा प्रथम हुने समुहलाइ नगद रु.२० हजार,मेडल र प्रमाणपत्र, द्वितीय हुने समुहको लागि नगद रु.१० हजार,मेडल र प्रमाणपत्र एवं तृतीयको लागि नगद रु.५ हजार,मेडल र प्रमाणपत्रको व्यवस्था समेत गरिएको उक्त क्लबका अध्यक्ष विक्रम नेपालीले बताएका थिए ।