अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाद्धारा एमसीसीविरुद्ध प्रर्दशन तथा विरोधसभा सम्पन्न (भिडियो, तस्बिरहरु सहित)


बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  अर्घाखाँची जिल्लाको सन्धिखर्कमा राष्ट्रिय जनमोर्चाले एम.सी.सी. को विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।

नाराबाजीसहित आज बुधवार चुत्रबेसीबाट सुरु भएको उक्त जुलुसले सन्धिखर्कको शान्ति बगैचामामा पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला अध्यक्ष थम्मन केसीले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले एम.सी.सी. देशको सार्वभौमसत्ताकै विरुद्ध भएकाले त्यसको विरुद्ध सशक्त आन्दोलन आवश्यक रहेको बताउनु भएको थियो । उहाँले एम.सी.सी. संसद्बाट कुनै पनि हालमा पारित गर्न नहुनेमा जोड दिनुभएको थियो ।
यस्तै कोणसभा अखिल छैठाका केन्द्रिय अध्यक्ष देवेन्द्र कुंवर लगायत बक्ताहरु बोलेका थिए ।

अन्य समाचारहरु