अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय निकायहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा १०० दिने रोजगारका लागि आवेदन खुलाएका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका ४ र छत्रदेव गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा १०० दिने रोजगारका लागि आवेदन खुलाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा १०० दिने रोजगारका लागि फागुन १ गतेदेखि फागुन मसान्तसम्म न्युन आय भएका र स्वरोजगार नभएकाले आवेदन दिन सक्नेछन् ।
यस अघि प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानिय जनप्रतिनिधी, राजनीतिक दल, कर्मचारीहरुले आफ्नै मान्छे, कार्यकर्ता, टाठाबाठाहरुलाई भर्ना गरेर बजेट रकमको दुरुपयोग गरेको भन्दै व्यापक आलोचना भएको थियो । भने यो पटक पनि टाठाबाठाहरुले बजेट रकमको दुरुपयोग गर्ने भन्दै जिल्लाभर चिन्ता व्यक्त गरिएको देखिन्छ ।