माधव पौडेल
खिदिम, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ३ खिदिममा रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई बृहत युवा अभियान रुपन्देहीले न्यानो कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
बृहत युवा अभियान रुपन्देहीले खिदिममा रहेका विभिन्न विद्यालयका ६० जना बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर, मोजा साथौ, शैक्षिक सामाग्रीहरु कपी, झोला, बितरण गरेको हो ।
साथै उक्त संस्थाले अति बिपन्न ५ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको यस संस्थामा ५० जना सदस्य रहेका छन् । संस्थाले दर्ता चरणदेखि नै सामाजिक क्षेत्र जस्तै बिपन्न परिवारका बालबालिका बृद्ध-बृद्दा ,अपाङ्ग ,सामाजिक जनचेतना मुलक नाटक, महिला हिंसा विरुद्धका कार्यक्रम र बाढी, पहिरो लगायतका क्षेत्रहरुमा काम गरिरहेको छ ।
जो खान नपाएर तड्पिरहेका छन् उनीहरुका लागि सहयोग गर्ने र त्यो सहयोगको लागि आर्थिक रकम देश बिदेशबाट विभिन्न नेपाली दाजु, भाइहरुले गर्दै आउनु भएको बृहत युवा अभियानकी अध्यक्ष पुष्पा भट्टराईले बताउने भयो ।
सामाजिक कार्यमा अघि बढेको यस संस्थाले विद्यार्थीहरुको मनोरञ्जनको लागि नृत्य पनि प्रस्तुत गरेको थियो । संस्थाले आगामी दिनहरुमा अर्घाखाँचीका अन्य ठाउँहरुमा पनि यस्तै सहयोगका कार्यक्रमहरु ल्याउने भएको छ ।