श्री सुपादेउराली मन्दिर संरक्षण समितिको एघारौं साधारण सभा सम्पन्न, अध्यक्षमा र्फस बहादुर केसी चयन (भिडियो, तस्बिरहरु)
फाल्गुन ६ गते, २०७८ मा प्रकाशित
बिश्वास खड्का
सुपादेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको श्री सुपादेउराली मन्दिर संरक्षण समितिको एघारौं साधारण सभा सम्पन्न भएको छ।
सुपादेउराली मन्दिर संरक्षण समितिको एघारौं साधारण सभा अध्यक्षमा र्फस बहादुर केसीलाई निर्वाचित गर्दै आज शुक्रवार सम्पन्न भएको हो ।
यस्तै नयाँ समितीको उपाध्यक्षमा राजु गुरुङ, सचिव हरी खनाल, कोषध्यक्ष कृष्णलाल क्षेत्री, सहसचिव कमल केसी रहेका छन् । साथै अन्य सदस्यमा रहने गरि समिति गठन भएको छ ।
कार्यक्रममा प्रितम थापाको अध्यक्षता , उपाध्यक्ष गोवद्धन थापाको स्वागत सचिव यादव घिमिरेको सञ्चालन प्रदेश सभा सदस्य रामजी घिमिरेको प्रमुख आथित्यता, हिन्दु धर्म रक्षा समाजका अध्यक्ष नारायण खनाल लगायतको उपस्थितमा सम्पन्न भएको थियो ।
साथै साधारण सभामा सचिव यादव घिमिरेले बार्षिक आयब्यय प्रस्तुत गर्नु भएको थियो । मन्दिरबाट भएको आम्दानी बिभिन्न बिद्यालयको शिक्षक तलव , स्वास्थकर्मचारी तलव,बिभिन्न धार्मिक कृयाकलापमा सहयोग भएको बिबरण सचिव घिमिरेले पेस गर्नु भएको थियो । सचिवले घिमिरेले बिभिन्न खर्च बाहेक बिभिन्न बैकमा ५६ लाद १० हजार बराबर नगद रहेको बिबरण पेश गर्नु भएको थियो ।
यस्तै साधारण सभाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष प्रितम थापाले सुपादेउरी मन्दिर सरक्षण र बिकासको लागि अहोरात्र खटेको बताउनु भयो । मन्दिरमा भत्तजन ब्यवस्थापन पार्किकमा सहज, बजार सरसफाई लगायतका काममा प्रगति गर्न सफल भएको थापाले बताउनु भएको थियो ।
साथै मन्दिरको वृहत गुरुयोजना बनाउने र यस क्षेत्रका अन्य धार्मिक क्षेत्रहरुको समेत संरक्षण गर्ने गरि १४ लाखको लागतमा बिस्तृत परियोजना रिर्पोट निमाणको काम भइरहेका बताउनु भयो । साथै धत्तजनको सुरक्षा, भिडनियन्त्रण ,ट्राफिक ब्यवस्थापन, आर्थिक पारदर्शीता जस्ता कार्यलाई आगामी दिनमा निति तथा कार्यक्रमका लागि सुझाव पेस गर्नु भएको थियो ।