अर्घाखाँचीका १ जना कैदीबन्दीले प्रजातन्त्र दिवसको अवसरमा आममाफी पाए


भिम विश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार अर्घाखाँचीका १ जना कैदीबन्दीले आममाफी पाएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्घाखाँची कारागारका १ जना कैदीलाई माफी दिएकी हुन् । शनिवार अर्घाखाँची कारागारमा रहेका १ जना चोरी मुद्धामा कैद भुक्तान गरिरहेका कैदी श्रीमन्त मण्डलको बाँकी सजाय माफ गरिएको अर्घाखाँची कारागारका जेलर नुमलाल पन्थिले जानकारी दिए ।
पन्थिका अनुसार मण्डल भारतीय नागरीक हुन । उनले ८० प्रतिशत कैद भुक्तान गरीकेका थिए ।
हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा सजाय काटिसकेका कैदीबन्दीलाई आममाफी दिने गरिएको छ ।

अन्य समाचारहरु