बसन्त श्रेष्ठ छापेली
छत्रदेव , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति अर्घाखाँचीको आयोजनमा प्रथम पालिका स्तरीय बृहत भेला तथा पालिका अधिवेशन सम्पन्न भएको छ । अधिबेशनले कमल प्रसाद श्रेष्ठको अध्यक्ष र पुस्पराज भन्डारी सचिव रहेको १७ सदस्यीय छत्रदेब गाउँपालिका कमिटी सर्बसहमत रुपमा गठन गरेको छ ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य भोजराज पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कर्मचारीको पेशागत हकहितलाई ध्यानमा राख्दै सञ्चा राष्ट्रसेवकको पहिचान कायम राख्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले छत्रदेब गाउपालिका कमिटि उपाध्यक्ष रुपा प्रधान, छत्रदेब गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तेजप्रसाद खनाल र ७ का वडाध्यक्ष शोभाखर पाण्डेले संगठनात्मक हित र जनताको सेवालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन जिल्ला अध्यक्ष शिला पोख्रेलको अध्यक्षता संगठनको अध्यक्षता, सदस्य सुबर्ण खनालको सञ्चालन र कोषाध्यक्ष पशुपति खनालको स्वागत मन्तब्य रहेको थियो ।