गणेश बेल्बासे संगम
सिद्धारा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका-११ सिद्धाराको फोर्सल-मुल मोटरबाटोको औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
मोटर बाटोको ट्र्याक निर्माण सम्पन्न पछि शनिबार एक औपचारीक समारोहको आयोजना गरी मोटरबाटोको उद्घाटन गरिएको हो ।
आर्थिक वर्ष ०७८/७९ मा वडाबाट विनियोजित बजेट र स्थानीयको जनश्रमदानबाट खनिएको मोटर बाटोको शितगंगा-११ का वडा अध्यक्ष कपिल आलेले उद्घाटन गरेका हुन् ।
वडा भित्रका सबै टोल बस्तीलाई मोटरबाटोले जोड्ने अभियानमा आफू रहेको बताउदै अध्यक्ष आलेले समावेशी बिकासका लागि वडा लागि परेको बताए । विकासमा कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै सबै क्षेत्रमा विकासका पुर्वाधारहरूको विकास गरी गाउँमा नै आय आर्जन गरी अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरे । मोटरबाटो जोडिएपछि स्थानीयलाई आवातजावात गर्न सहज भएको र स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई बजारसम्म पुराउन सहज हुने भएकाले सम्पुर्ण कृषकहरु आय आर्जन तथा उत्पादनमा जोडिनु पर्ने धारणा व्यक्त गरे ।
अर्घाखाँची जिल्लाकै विकट वडाका बस्ती फोर्सल र मुल मोटरबाटोसँग जोडिएपछि स्थानीयवासीले खुशीयाली मनाएका छन् ।