अर्घाखाँचीडट्कम संवाददाता
अर्घातोस, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा छत्रदेव गाउँपालिकाको अर्घातोसको कुटिकाचौरमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस अर्घाखाँचीले संचालन गरेको गाउँ नगर टोल वस्ती जाऔ, बैशाख ३० गते नेपाली काङ्ग्रेसलाई जिताऔ भन्ने अभियान अन्तर्गत छत्रदेवका ७ र ८ वडालाई लक्षित गरि अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रम नेपाली काङ्ग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनालको संयोजकत्वमा सम्पन्न भएको हो । उनले सम्बोधन गर्दै अब विगतका तिता कुरालाई भुलेर एक मन बनाएर अगाडि बढ्न निर्देशन दिए । कार्यक्रममा काङ्ग्रेसलाई मजबुत र आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारीलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा वृहत अन्तरक्रिया तथा छलफल भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देशले काङ्ग्रेसलाई खोजेकाले अब काङ्ग्रेसबिना देशको विकास सम्भव नभएकाले गाउँवस्तीमा बस्ने समस्त नागरिकको बिचमा गएर उनिहरुको दुस्ख सुखमा साथ दिनुपर्ने धारणा राखेका थिए । उनिहरुले अब काङ्ग्रेसलाई मजबुत र विजयी बनाउनका लागि एकजुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, राधा पान्डे, यमराज पान्डे, क्षेत्रीय सभापती राजेश कुमार पन्थी, पालिका सभापती प्रकाशराज पन्थी, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सिदेवी श्रेष्ठ, पुर्व क्षेत्रीय उपसभापती कृष्ण प्रसाद बेल्बासे, ७ का सभापती फर्सुराम न्यौपाने, ८ का सभापती छबिलाल कुवर, प्रदेश प्रतिनिधि हुमकला भुसाल, क्षेत्रीय प्रतिनिधि राधा पान्डे, सन्जय पान्डे लगायतले आआफ्ना धारणा व्यक्त गरेका थिए ।
यसैबिच सोही कार्यक्रममा राष्ट्रिय जनमोर्चाका एक घरपरिवार र नेकपा एमालेका ६ घरपरिवार परित्याग गरि काङ्ग्रेसमा प्रवेस गरेका छन् । उनिहरुलाई पार्टी सचिव कृष्ण प्रसाद खनालले अविर र सदस्यता वितरण गरि काङ्ग्रेसमा प्रवेस गराए । कार्यक्रम वडा नम्वर ७ का सचिव मान बहादुर पान्डेको संचालनमा सम्पन्न भएको हो ।