दुर्गाफाँटमा बृहत पोषण तालिम सम्पन्न | अर्घाखाँचीडट्कमका डिआरजी सुमन पाणिनी गाँउपालिकाद्वारा सम्मान (भिडियो, तस्बिरहरु)


डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची मंगलवार १० फागुन, २०७८ (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मी  रसरोकारवालाको बिषयगत शाखा प्रमुख तथा कर्मचारीहरुको  लागि ७ दिने आधारभूत क्षमता अभिबृद्दी  तालिम समापन भएको छ ।
तालिम समापन कार्यक्रमको  प्रमुख अतिथि  गाउँपालिका अध्यक्षअच्युत गौतमद्वारा प्रमाण पत्र  हस्तान्तरण गर्दै तालिम सम्पन्न गरिएको छ । यसै कार्यक्रममा अर्घाखाँचीडट्कम अन्तरराष्ट्रिय ब्युरो प्रमुख तथा स्वतन्त्र पत्रकार डिआरजी सुमनलाई स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रशंसा पत्रले सम्मान गरिएको छ ।
संघीय सरकारबाट हस्तान्तरित पाणिनी गाउपालिकाको वार्षिक स्वीकृत कार्यक्रममा पाणिनी गाउपालिका का सबै स्वास्थ्य सस्थामाकार्यरत स्वास्थ्य कर्मी तथा गाउपालिकाका सरोकार वाला शाखा जस्तै शिक्षा , खानेपानी वास ,महिला तथा बालबालिका, कृषि तथापसुपन्छी, स्टोर, योजना शाखा ,आयुर्बेद लगायतका साखा का प्रमुखहरुको सहभागितामा २ चरणमा तालीमसम्पन्न भएका छन ।
यो तालिम लिएपछि  सहभागीले आ-आफ्नो कार्यक्षेत्रमा गएर आफुले सिकेका ज्ञान ,सिप धारणा को उपयोग गरि पोषण प्रबर्द्धन मासहयोग हुने , सहभागी को क्षमता अभिबृद्दी हुनु तथा नेपाल सरकारले तोकेका पोषण सम्बन्धित सुचकहरुमा सुधार तथा गुणस्तरीय सेवाप्रदान हुने अपेक्षा गरिएको छ ।
०७ दिनेकार्यक्रम को सहजीकरण स्वास्थ्य शाखा प्रमुख अधिकृत छैटौं शेसकान्त घिमिरे , स्वास्थ्य साखा मैकार्यरत स्वास्थ्य सह सम्योजक अधिकृत छैटौं राम प्रसाद घिमिरे, अधिकृत छैटौं मित्रदेब पौडेलले गर्नुभएको थियो।
त्यस्तै कार्यक्रम मा प्राबिधिक सहयोग NHSSP/HSSO प्रतिस्ठा ढकालले सहयोग गर्नुभएको छ । गाउपालिका अध्यक्षअच्युत गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तालिममा प्रशिक्षणार्थीले एक हप्ता मा सिकेको विषयमा पुरा गर्ने प्रतिबद्धतादिएका छन ।
पाणिनि गाँउ पालिकामा सम्पन्न कार्यक्रमको उद्देश्य र आगामी योजना वारे स्वास्थ्य साखा प्रमुख शेषकान्त घिमिरेले लेजानकारी गराउनु भएको कार्यक्रमकोसन्चालन स्वास्थ्य साखा सहसम्योजक रामप्रसाद घिमिरे ले गर्नुभएको थियो । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु