अर्घाखाँचीमा छैठौं र क्रान्तिकारीको एमसीसी विरुद्धको कार्यक्रममा प्रहरीद्वारा बल प्रयोग, दर्जन बढी घाइते (विज्ञप्ती सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा मसाल निकट अखिल (छैठौं) र विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा आयोजना गरेको एमसीसी विरुद्ध टायर बाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
सन्धिखर्कमा आज बिहिवार साँझ अखिल (छैठौं) र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा आयोजना गरेको एमसीसी विरुद्ध टायर बाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख अम्मर बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीले गरेको हस्तक्षेपका क्रममा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य नविन खड्का, अखिल    (छैठौ)का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली, (अखिल क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष पदम नेपाली, अखिल छैठौका जिल्ला उपाध्यक्ष प्रकाश चुँदाली तथा जिल्ला कोषाध्यक्ष गिता थापा मगर अखिल (क्रान्तिकारी)का नविन, प्रकाश, संकर, राजेश लगायत घाईते भएका छन् ।
घटनापछि विधार्थी नेताहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रहरीले गरेको हस्तक्षेपको निन्दा गरेका छन् । 
यस्तो छ संयुक्त प्रेस विज्ञप्ती:-
मिति: २०७८÷११÷१२
यस अर्घाखाँची जिल्लाका क्रियासिल विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अखिल (छैठौं)ले संयुक्त रुपमा आयोजना गरेको राष्ट्रघाती एमसीसी विरुद्ध टायर वाल्ने क्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख अम्मर बहादुर थापाको नेतृत्वमा खटिएको प्रहरीले गरेको दमन र हस्तक्षेपको घोर निन्दा एवं भत्र्सना गर्दछौ । 
राष्ट्रघातिMccको विरोध गर्दै गर्दा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य नविन खड्का, अखिल    (छैठौ)का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष जीवन नेपाली, (अखिल क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष पदम नेपाली, अखिल छैठौका जिल्ला उपाध्यक्ष प्रकाश चुँदाली तथा जिल्ला कोषाध्यक्ष गिता थापा मगर अखिल (क्रान्तिकारी)का कामरेडहरु नविन, प्रकाश, संकर, राजेश लगायत कामरेडहरु माथी दमन र हस्तक्षेप गर्दा घाईते हुनुभएको छ । प्रहरीले अखिल (क्रान्तिकारी)का राजेशको मोवाईल नियन्त्रणमा लिएको र अन्य साथीहरुको कपडा समेत च्यातिदिएको छ । 
आन्दोलनमा घाईते हुनुभएका सम्पूर्ण कामरेडहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । प्रहरी प्रमुख अम्मर बहादुर थापाको कमाण्डमा खटिएको प्रहरीले गरेको दमनले राष्ट्रघाती सरकरको मुकुण्डो उदङ्ग भएको छ । यो ःऋऋ विरुद्धको आन्दोलनमा प्रहरी प्रशासनले अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नविन खड्कालाई गिरफ्तार गर्दै गर्दा उत्रिएका दुबै संगठनका कामरेडहरु भक्तिटोला वजार वासी आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु, उद्योगी व्यवसायीहरु पत्रकार लगायत सम्पूर्ण राष्ट्रवादी जनसमुदायमा संयुक्त विद्यार्थी संगठनको तर्फवाट आभार सहित धन्यवाद ज्ञापन गर्दछौ ।mcc को विरुद्धमा आगामी दिनमा सशक्त आन्दोलन पनि गर्ने प्रतिवद्धता जायर गर्दछौ । 
क्रान्तिकारी अभिवादन सहित

अन्य समाचारहरु