अर्घाखाँची कारागारका १९ जना कैदी-बन्दीलाई ७ दिने अचार बनाउने तालिम सम्पन्न (फोटो सहित)


सागर महत 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको कारागारमा विभिन्न कसुरमा सजाय भोग्दै आएका कैदी–बन्दीलाई अचार बनाउने तालिम दिइएको छ।
कारागार बन्दी जीवन बिताउदै आएका लाई सिप सिकेर आत्म निर्भर हुनको लागि ७ दिने तालिम दिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको सहयोगमा सम्पन्न भएको तालिममा १९ जना बन्दीले तालिममा सहभागीता जनाएका थिए भने ६ प्रकारका फरक फरक आइटमको अचार बनाउने तालिम दिएको कार्यालय प्रमुख सन्तोष खनालले जानकारी दिनुभयो।
समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सकारात्मक सोच र केही गरेर देखाउँछु भन्ने ऊर्जाका साथ आफ्नो काममा तल्लीन रहन र आम्दानी वृद्धि गर्न समेत आग्रह गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक उम्मर बहादुर थापाले कारागारभित्र वा बाहिर गएपछि पनि सीपको सक्दो उपयोग गर्न सुझाव दिनुभयो ।
बन्दी कमल भुसालका अनुसार थप सिपमुलक तालिम दिएमा आफुहरुलाई नकारात्मक सोचहरु हटेर जाने बताउनुभएको थियो ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा कारागार प्रमुख नुमलाल पन्थी लगायतको सहभागीता रहेको थिए ।
तालिममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको घरेलु कार्यालयका सुचना अधिकारी लक्ष्मी प्रसाद दाहालले बताउनुभयो । तालिमको प्रशिक्षण रुक्मणी पराजुलीले गर्नुभएको हो ।

अन्य समाचारहरु