अर्घाको धरमपानीमा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण (तस्बिरहरु)


कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घाको धरमपानीमा गर्भवती र सुत्केरी महिलाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएको छ । 
पोषिलो खाना र सरसफाइमा गर्भवती तथा सुत्ेकरी  महिला तथा घर परिवारका महिलाहरुको  ध्यान पुगोस भनेर पोषण तथा सामाग्री वितरण गरिएको नगर प्रमुख ठाकुर कुमार बिकले बताउनु भयो । 
वडा भित्र रहेका गर्भवती र २ बर्ष भित्रका सुत्केरी महिलाहरुका लागि अण्डा, चना, साबुन, कोलगेट, ब्रस लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको वडा अध्यक्ष लक्ष्मीनारायण चुँदालीले बताउनु भयो  । 
गर्भाबस्था देखि बच्चा २ बर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ । हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बडी मात्रामा पोषिलो खाना खानु पर्ने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो । 
आज एक कार्यक्रमको आयोजना गरि हजार दिनका महिलाहरुका अण्डा, चना, साबुन, कोलगेट, ब्रस लगायतका पोषण तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । 
कार्यक्रममा वडा सदस्य ऋषिकेस भुसाल, वडा सचिव विष्णु प्रसाद आचार्य, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राखेका थिए  । 
कार्यक्रम धरम्पानी आधारभुत स्वास्थ्य केन्द्र अर्घाखाँचीका प्रमुख रमा पराजुलीको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु