ठाडा, चाक्ला, हिले खोला, रजियाका प्राय होटलमा कुहिएको मासु बिक्री | तराजु किलोमा ठग


सागर महत
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बजार अनुगमन गरिएको छ । जसअन्तर्गत नगरपालिकाको रजिया, हिले खोला, चाक्ला, ठाडा बजार लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको हो।
अनुगमनको क्रममा म्याद गुज्रियका दालमोट, भुजा, बिस्कुट, चाउचाउ, डियु, पेप्सी, सुजी लगायतका अखाद्यय वस्तु बरामत गरिएको छ भने घरेलु मदिरा ६० लिटर नष्ट गरिएको घरेलु कार्यालय अर्घाखाँचीका अधिकृत लक्ष्मी प्रसाद दाहलले जानकारी दिनुभयो ।
यस्तै अनुमनको क्रममा अधिकामश पसलमा मुल्य सुचिनै नराखिए तथा मापदण्ड बिन संचालन गरेका पसललाई ७ दिन भित्र नगरपालिका तथा घरेलु कार्यालयमा दर्ताको लागि सम्पर्क गर्न आग्रह गरिएको छ ।
केही होटलमा कुहिएको कुखुकुराको मासु बेच्न राख्ने होटल संचालकको मासु नष्ट गरि सुधार गर्नको लागि केहि समय दिएको छ भने सुधार नगरेमा पसललाई कानुन अनुसार कार्बाही गरिने अधिकृत दाहलले बताउनुभयो ।
अनुगमनको क्रममा करिव ५० हजार बराबरको सामान बरामत गरिएका शितगंगा नगरपालिका उद्योग शाखा प्रमुख नगेन्द्र नेपालले जानकारी दिनुभयो ।
यस्तै अनुगमनको क्रममा मापदण्ड विपरित संचालन गरेका मेडिकल सुधार गर्न आग्रह गदै किलोमा ठग गर्ने ४ जना व्यापारीको तराजु बरामत समेत गरिएको छ । अनुगमनमा प्रशासन बाट ओम प्रकाश पाण्डे, पत्रकार सागर महत,ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी टिकाराम बस्नेत घरेलुका कर्मचारी सन्तोष पोखरेल लगायतको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु