अर्घाखाँचीमा एमाले निकट मुस्लिम ईत्तेहाद संगठनको चौथो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा जहिर मिया चयन


अस्लम अली | अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेकपा एमाले निकट नेपाल मुस्लिम ईत्तेहाद संगठन अर्घाखाँचीको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
चौथो जिल्ला अधिवेशनमा अधिवेशनको उद्घाटन गर्दै  नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुस्लिम समुदायका समस्या प्रति राज्य उदासीन भएको बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक,सामाजिक र सांस्कृतिक परिवर्तन हुन नसकेको भन्दै अधिकार प्राप्तिको निम्ति मुस्लिम समुदाय एकजुट भएर अगाडि बढ्नुपर्नेमा ज‍ोड दिनुभयो । वर्तमान परमादेश सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको उहाँको भनाइ थियो । 
 नेकपा एमाले प्रदेश कमिटीका सदस्य तथा नेपाल मुस्लिम ईत्तेहात संगठनका केन्द्रीय सचिवालय सदस्य कुटमदिन अलिले  राज्यका हरेक निकायमा मुस्लिम समुदायको सहभागीता सुनिश्चित गरिनुपर्ने बताउनुभयो । उहाँले मुस्लिम समुदाय माथि को विभेद कायमै रहेको भन्दै पुर्ण अधिकार प्राप्तिको निम्ति संघर्ष गर्नुपर्नेमा ज‍ोड दिनुभयो ।
नेपाल मुस्लिम ईत्तेहाद संगठनका जिल्ला अध्यक्ष कौसर अलिको अध्यक्षता , ऐयाव्दिन अलिको स्वागत मन्तव्य र  सचिव सलिम मियाँको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क., ईत्तिहाद संगठनका केन्द्रीय सचिवालय सदस्य हसरदिन मियाँ ,केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सफि मियाँ ,सह-ईन्चार्ज नजिर महमद मियाँ ,फिरोज खान,सागिर मियाँ ,एमाले पुर्व जिल्ला कमिटी सदस्य सहिद्धिन मियाँ ,जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य जहिर मियाँ ,राष्ट्रिय अपाङ्ग संगठन लुम्बिनी प्रदेश समितिका कोषाध्यक्ष फर्सुराम पाण्डे लगायतका वक्ताहरूले मन्तव्य राख्नु भएको थियो  उक्त अधिबेशन बाट   जहिर मियाको अध्यक्षमा ४१ जना को समिति निर्वाचित समिति गठन गरिएको छ उपाध्यक्ष मा मुन्ताज मिया सचीव अयाब दिन अलि सह सचीव कलिम मिया लगायत रहेका छन् । 

अन्य समाचारहरु