भिम बिश्वकर्मा
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्घाखाँचीका ३४ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा सो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका ६ पालिकाका ३४ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीका प्रमुख मणािराम पराजुलीले जानकारी दिए ।
छनोटमा परेका विद्यालयमध्ये १२ वटामा चारकोठे कक्षाकोठा निर्माण, ९ वटामा दुईकोठे कक्षाकोठा निर्माण र १३ वटामा आइसिटी कक्षा सञ्चालनका लागि बजेट छुट्याइएको हो ।
ती विद्यालयमा आइसिटी कक्षा सञ्चालनार्थ प्रतिविद्यालय रु ६ लाख ५० हजार, दुईकोठे कक्षाकोठा निर्माण गर्न प्रतिविद्यालयका लागि रु १८ लाख र चारकोठे कक्षाकोठाका लागि प्रतिविद्यालय रु ३६ लाख बजेट विनियोजन गरिएको छ । अर्घाखाँचीमा ६ करोड ५२ लाख ४० हजार बराबरको रकम बिनियोजन भएको छ ।
पाणिनी गाउँपालिका
छनोटमा परेको पाणिनी गाउपालिकाका पाँच विद्यालयमध्ये ४ वटा चारकोठे कक्षाकोठा निर्माणका, एक वटा आइसिटीका लागि विद्यालय छनोटमा परेका छन् । छनोटमा परेको पाणिनी गाउपालिकाका पाँच विद्यालयमध्ये कमला मा.बि, दुर्वाशेश्वर मा.बि, फर्सवा टाकुरा मा.बि र भानु मा.बि चारकोठे कक्षाकोठा निर्माणका र हरीहर संकृत तथा साधारण मा.बि आइसिटीका लागि छनोटमा परेका छन् ।
मालारानी गाउँपालिका
छनोट भएका मालारानीका ५ बिधालय मध्ये चारकोठे कक्षाकोठा निर्माणका लागि १ वटा, दुईकोठे कक्षाकोठा निर्माणका लागि १ वटा र आईसिटी निर्माणका लागि ३ वटा बिधालय छनोट भएका छन । मालारानी गाउँपालिकामा ७ करोड ३५ लाख बराबरको बजेट बिनियोजन भएको छ । छनोट भएका मालारानीका ५ बिधालय मध्ये शान्ति मा.बि चारकोठे कक्षाकोठा निर्माणका लागि, नवज्याृति प्रा.बि दुईकोठे कक्षाकोठा निर्माणका लागि र सरस्वति नि.मा.बि आईसिटी निर्माणका लागि छनोट भएका छन । मालारानी गाउँपालिकामा ७ करोड ३५ लाख बराबरको बजेट बिनियोजन भएको छ ।
छत्रदेव गाउँपालिका
छनोट भएका छत्रदेवका ६ वटा बिधालयमध्ये दुईकोठे कक्षाकोठा निर्माणका लागि ३ वटा र आइसिटीका लागि ३ वटा विद्यालय छनोटमा परेका छन् । यसरी छत्रदेवमा ७ करोड ३५ लाख बराबरको बजेट बिनियोजन भएको छ । छनोट भएका छत्रदेवका ६ वटा बिधालयमध्ये जगतमाता नि.मा.बि, सार्वजनिक मा.बि र परमार्थी नि.मा.बि दुईकोठे कक्षाकोठा निर्माणका लागि र सरस्वति मा.बि, नेरा मा.बि र सारदा मा.बि गरी ३ वटा आइसिटीका लागि छनोटमा परेका छन् । यसरी छत्रदेवमा ७ करोड ३५ लाख बराबरको बजेट बिनियोजन भएको छ ।
भुमिकास्थान नगरपालिका
भुमिकास्थानका छनौट भएका ५ विद्यालयमध्ये चारकोठे कक्षाकोठाका लागि २ वटा, दुईकोठे कक्षाकोठा निर्माणका लागि ३ वटा बिधालयमा बजेट विनियोजन गरिएको छ । भुमिकास्थानका छनौट भएका ५ विद्यालयमध्ये बालशिक्षा मा.बि र लम्कि नि.मा.बि चारकोठे कक्षाकोठाका लागि, दुईकोठे कक्षाकोठा निर्माणका लागि जनचेतना प्रा.बि, बिरभद्र प्रा.बि र जयन्ति प्रा.बि का लागि बजेट विनियोजन गरिएको छ ।
शितगंगा नगरपालिका
शितगंगामा छनोट भएका ८ विद्यालयमध्ये चारकोठे कक्षा कोठाका लागि ३, दुईकोठे कक्षाकोठाका लागि १ र आइसिटीका लागि चार बिधालयका लागि बजेट बिनियोजन गरीएको छ । शितगंगामा छनोट भएका ८ विद्यालयमध्ये डिहि नि.मा.बि, पावर मा.बि र धर्म प्रा.बि चारकोठे कक्षा कोठाका लागि, दह नि.मा.बि दुईकोठे कक्षाकोठाका लागि, पाकुरी मा.बि, लामे मा.बि, मान्द्रे मा.बि र धर्माेदय मा.बि आइसिटीका लागि बजेट बिनियोजन गरीएको छ ।
सन्धिखर्क नगरपालिका
सन्धिखर्कका छनोट भएका ५ विद्यायमध्ये चारकोठे कक्षा कोठाका लागि दुई, दुईकोठे कक्षाकोठाका लागि १ र आइसिटीका लागि २ वटा बिधालयमा रकम बिनियोजन गरीएको छ । सन्धिखर्कका छनोट भएका ५ विद्यायमध्ये चन्द्रप्रभा मा.बि, अरनिको मा.बि चारकोठे कक्षा कोठाका लागि, ज्ञान प्रकाश मा.बि दुईकोठे कक्षाकोठाका लागि र भगवति मा.बि र आदर्श मा.बि आइसिटीका लागि रकम बिनियोजन गरीएको छ ।
शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मणिराम पराजुलिले यहाँका विद्यालयमा कक्षाकोठा अभावको समस्यालाई हटाउन कार्यक्रम प्रभावकारी भएको बताए । “स्थानीय तहले पनि सामुदायिक विद्यालयमा कक्षाकोठा बनाइरहेका छन”, उनले भने, “भवन अभावमै खुला आकाशमा बसेर पढ्नुपर्ने अवस्था छैन ।”