खाँचीकोटमा चुनढुङ्गा उत्खनन् जारी | प्राकृतिक विनाशले अर्घाखाँचीको अवस्था भयावह, सबै निकाय मौन


अर्घाखाँचीडट्कम संवाददाता
खाँचीकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ खाँचीकोटमा जारी चुनढुङ्गा उत्खनन् कार्यले प्राकृतिक विनाश निम्त्याएको  निम्ताई छ तर जिल्ला स्थित प्राय  सबै निकाय मौन बसेका छन् ।
खाँचीकोटको तिनपाने लेकमा भैइरहेको उत्खनन सदाको लागि बन्द गर्नुपर्छ: थम्मन केसी, राजमो जिल्ला अध्यक्ष
बेला बखतमा सानातिना छलफल हुने गरेता पनि सम्बन्धित निकायले ठिस कदम नचाल्दा तिनपाने सुन्दरता बिलाउन्दै गएको छ।चुनढुङ्गा उत्खनन गर्दा पहाडको विनाश मात्र होइन, प्रदूषित वायु उत्सर्जनका हिसाबले पनि यो उच्च गणनामै आउँछ। विनाश र वायु प्रदूषणका कारण अर्घाखाँची जिल्लाको अवस्था भयावह छ।
खानी क्षेत्रबाट ओसारिने चुनढुङ्गा बोकेका बढी भार क्षमताका ट्रकका कारण सडकको अवस्था सर्वत्र खस्किएको छ। धूलोको मुस्लो उडाउँदै गुड्ने यस्ता ट्रकका कारण स्थानीयको जीवनयापन नराम्ररी खलबलिएको छ। चुनढुङ्गा उत्खनन गरिए पश्चात् काम नलाग्ने ढुङ्गा र माटोलाई उचित तरीकाले व्यवस्थापन नगरिने गर्दा माटो बगिरहेको मात्र छैन, भूक्षयको जोखिम पनि निम्त्याएको छ।
अर्कातिर, उत्खनन क्षेत्रको पर्याप्त अनुगमन पनि भइरहेको छैन, जसले गर्दा उत्खनन गर्ने कम्पनीले उचित मात्रामा उत्खनन गरिरहेका छन् कि छैनन् भन्ने प्रस्ट आँकडा छैन्। जसरी डोजरले जथाभावी खोस्रिएर बाटो बनाइरहेका छन्, त्यसै गरी सिमेन्ट उत्खननमा पनि वातावरणीय पक्षलाई आँखा चिम्लिइएको छ।  चुनढुङ्गा उत्खनन्  लाभको ठूलो हिस्सा ठेकेदार र राजनीतिक नेतृत्वले लिंदै आएको छ।
यसै बिच केही सरोकारवालाहरुले यो उत्खनले प्राकृतिक बिनाश निम्ताएको , स्थानियको उठिवास लगाएको र यो कार्य अबैध समेत भएको आरोप लगाएका छन् ।
यो उत्खनन् कार्य तत्काल रोकी प्रसिद्ध सुपादेउराली मन्दिर , एतिहासिक खाँचीकोट दरवारको आसपासको प्राकृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुपर्ने जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन केसीले बताए ।
बस्ती नजिकै संचालित खानिले वातावरण संरक्षण सम्बन्धी नितिनियम पालना नगरेको आरोप पनि स्थानियहरुले लगाएका छन । स्थानियका अनुसार चुनढुङ्गा उतखननको प्रभावले खेतिबाली उत्पादनमा समेत समस्या आएको छ । उतखनको कारण निस्कने धुलोले सबै खेती नस्ट भै आफुहरुको उठिवास लाग्ने अवस्था निम्तिएको स्थानियले बताए ।खानी संचालकले फिने भनेको राहत पनि प्रयाप्त नभएको उनको भनाई छ ।
साविकको नरपानी गाविस र खांचिकोटको तिनपाने लेकमा उत्खनन् गर्ने भनेर  डाइनेस्टी इन्ड्रस्टृज प्रा .लि . र तत्कालिन श्री ५ सरकार बन तथा भु संरक्षण मन्त्रालय बिच २०६२ असार ७ गते सम्झौता भएको देखिन्छ । तर नरपानीक्षेत्रमा  व्यापक जनबिरोध पछी उत्खनन्कार्य बन्द भएको थियो  ।
पछि अर्घाखाँची सिमेन्टका नाममा भुगर्भ सिमेन्ट प्रालिलाइ नामसारी गरि २०७४ /४/२२ मा पुन अनुमती पत्र दिएको देखिन्छ । तर   सम्झौताको बुदा न ९ मा हक हस्तान्तरण गर्न पाइने छैन भनिएको छ ।
यस बिषयमा जिल्लाका जनप्रतिनिधि हरु मौन रहदै आएका छन भने उतखनले बिनाश निम्त्याएको  , खानेपानीका मुहान सुकाएको , आसपासका गाउमा खेतिबाली नस्ट भएको गुनासो स्थानियहरुले गरे पनि खुलेर बोल्न डराउछन् ।
यस्तै वन विभागको सम्झौता पत्रमा अनुसार  सम्झौताको बुदा नं ९ मा अनुमति पत्र दिएको तर हक हस्तान्तरण गर्न पाईने छैन भनेको छ। तर यहाँ जबर्जस्ती चलाएका छन् । 

अन्य समाचारहरु