अर्घाखाँचीमा एमाले निकट निजामती कर्मचारी संगठनको ११ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षतामा गणेश भण्डारी निर्वाचित (तस्बिरहरु)


सिद्धार्थ  सागर के.सी.
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा “संघीयता , शुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान राजनैतिक अधिकार सहितको नेकपा (एमाले) निकट ट्रेड युनियन हाम्रो अभियान” भन्ने मुल नारा सहित नेपाल निजामती कर्मचारी सङ्गठन अर्घाखाँचीको ११औं जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।  गणेश भण्डारीकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति  गठन  भएको छ।
जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख  अथिती नेकपा एमाले केन्द्रिय सचिव टोपबहादुर रायमाझीले देश आज जटिल संक्रमणबाट गुज्रिएको भन्दै परिवर्तन देख्न नसक्ने शक्तिहरुले गठवन्धन गरेर जनमुखी योजना खारेज गर्न लागिपरेको बताउनु भएको छ । आज कर्मचारीले जनतालाई सेवा दिदा मुलुकले भोगेको जर्जर र अनुभुती बिहिन सरकारको जस्तो हुनु नहुने बताउनु भएको छ । आज एमाले केन्द्रिय राजनितिको सबैभन्दा प्रमुख भुमिकामा रहेको र त्यसको कारण एमाले सत्तामा रहदा गरेका कार्यकै कारण जनताले एमालेको बिकल्प नदेखेको बताउनु भयो । यो संक्रमणकालिन अवस्था धेरै समय नरहने भन्दै रायमाझीले गठवन्धनको वास्तविकता बाहिरिदै गएको पुष्टि उनिहरुकै कृयाकलाले छर्लङ्ग भएको बताउनुभएको हो । आफ्नै सरकार ढलाएर विपक्षीलाई प्रधानमन्त्री बनाउन किन पहल गरिएको हो भन्ने कुरा घाम जस्तै भएको भन्दै के.पि. वलि सरकारका पालामा बिनियोजित योजना खारेज गर्दै जनबिरोधी काममा बर्तमान सरकार कृयाशिल भएको उल्लेख गर्नुभएको छ ।बिहान देखि बेलुका सम्म ४ पटक बोली फेर्दै जनतालाइ सडकमा पठाएर सरकारमा रहेर नेतृत्वले लाठी र पानीका फोहोरा हान्दै जनतालाइ भ्रममा पार्न सक्रिय बनेर mcc पारित गर्न भुमिका खेलेको आरोप पनि रायमाझीले लगाउनु भएको छ ।
अधिवेशनलाई शुभकामना मन्तव्य राख्दै नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीका अध्यक्ष पितम्बर भुसालले कर्मचारीले सेवामा पुर्वाग्रह बिना खटिनु प्रमुख दायित्व भएको बताउनु भएको छ । राज्य जनताप्रति उदासिन बनेको भन्दै कर्मचारीका हकहितका लागि समेत इतिहासकै क्रूर र शून्य सक्रियताले त्यसको असर जनतामा पर्न नदिन लाग्नुपर्ने बताउनु भएको छ । कर्मचारीहरु कार्य सम्पादनका हिसावले अरु सङ्गठन भन्दा प्रीथक हुनुपर्नेमा जोड दिनुभएको छ ।इतिहास देखि नै विभिन्न परिवर्तनका लागि कर्मचारिको भुमिका महत्वपूर्ण भएको  भन्दै त्यसलाइ जिवन्तता दिनुपर्ने बताउनुभयो । 
शुभकामना मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी हरि ले निजामती कर्मचारीहरुका अधिकार भन्दा पहिला कर्तव्य पालना गर्न लाग्नुपर्ने बताउनु भएको छ । निजामती कर्मचारीलाई लाग्ने गरेको ढिला सुस्तिको आरोप वास्तविकता नभएको, कानुनी प्रक्रियाका क्रममा जनापेक्षा अनुरुप सेवा दिन जनशक्ति समेतको प्रयाप्तता आवस्यक पर्ने बताउनु भएको छ । कर्मचारीलाई लाग्ने गरेका आरोपहरु गलत छन भन्ने कुराको अनुभुती कामबाटै कर्मचारीले दिन सक्नु पर्ने बताउनु भएको छ ।
 गुल्मी अर्घाखाँची जिल्ला इन्चार्ज कबिसिङ्ग कठायतले कर्मचारीको समग्र हित र शुशासन सहितको सेवाका लागि सङ्गठनले निरन्तर गरेको कामको प्रशम्सा गर्नुभएको थियो ।
कार्यक्रममा CBA लुम्बिनी प्रदेस इन्चार्ज मेघदेव पन्त ,नेपाल निजामती कर्मचारी सङ्गठन ११ औं रास्ट्रीय अधिवेशन आयोजक कमिटी सचिवालय सदस्य कासिराम आचार्य, नारायण भन्डारी , बलाराम मिश्र, पेशागत महासघ स्थायी कमिटि सदस्य उमानाथ पौडेल, एमाले सन्धिखर्क नगर कमिटि अध्यक्ष श्रीकृष्ण भुसाल,  नेपाल निजामती कर्मचारी सङ्गठन गुल्मिका अध्यक्ष भिम खनाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
 
नेपाल निजामती कर्मचारी सङ्गठन अर्घाखाँचीका अध्यक्ष शिला पोख्रेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा स्वागत मन्तव्य पेशागत महासङ्घ अर्घाखाँचीका सचीव हरिस्चन्द्र पान्डेले गर्नु भएको थियो भने संचालन नेपाल निजामती कर्मचारी सङ्गठन अर्घाखाँचीका सचिव गणेश प्रसाद भण्डारीले गर्नु भएको हो ।

अन्य समाचारहरु