अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आईतवार एक आदेश जारी गरी कोरोना संक्रमण रोकथामका लागि यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको बताएको छ।
कोरोना संक्रमण घट्दै गएपछि भोली फागुन २३ सोमवारदेखि लागू हुनेगरी राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न/गराउन उक्त आदेशमा भनिएको छ। आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ।