बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा (मसाल) निकट अखिल नेपाल महिला संघ तथा विप्लव नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्त रुपमा ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा र्याली तथा सभाको आयोजना गरेका छन् ।
सन्धिखर्कमा अखिल नेपाल महिला संघ तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीले संयुक्त रुपमा ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा र्याली तथा सभाको आयोजना गरेका हुन् ।
बजार र्याली परिक्रमा गरि मसाल बजारमा गएर सभामा परिणत भएको थियो। सभामा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य कल्पना पोख्रेल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जिल्ला उपाध्यक्ष माया नेपाली, अखिल नेपाल महिला संघ जिल्ला सल्लाहकार उषा पुन, र्राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिब खेम घर्ति लगायत बोलेका थिए ।
प्रगतिशील पत्रकारका गोपाल भट्टराई स्वागत मन्तब्य अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला सचिब बिष्णु माया केसी स्वागत गित उषा पुन गिता के.सी.को अध्यक्षता तथा लिला भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।