अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं ७ हंसपुरको बामरूक खानीबासमा पहिलो पटक जीप पुगेपछि स्थानियबासीहरु खुशी भएका छन् ।
हंसपुरको बामरूक खानीबासमा देउराली यातायात समितिको जीप हिजाे पहिलो पटक पुगेपछि खानीबास, जिम्माटाेलाका स्थानियबासीहरु खुशी भएका हुन् । पहिलो पटक जीप पुगेपछि फूलमाला, अविर लगाएर स्वागत गरेका थिए ।
अब यहाँ सन्धिखर्कबाट हरेक दिन दिउँसो ३ बजेर ४५ मिनेटमा गाडी छुटने छ । यस्तै खानीबासबाट सन्धिखर्कका लागि बिहान ६ बजे छुटने छ ।