सन्धिखर्कको भक्तीटाेलामा अखिल छैठौं र अखिल क्रान्तिकारीद्धारा एम.सी.सी. विरुद्ध विरोध प्रदर्शन

जीवन नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित भक्तीटाेलामा अखिल (छैठौं) र अखिल (क्रान्तिकारी)  अर्घाखाँचीले  संयुक्त आयोजनाम  एम.सी.सी. विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
२०७८ फागुन २६ गते अर्घाखाँची  आबसिय माध्यामिक  बिद्यालय , जनज्योति  माध्यमिक  बिद्यालय र   भगवती  माध्यामिक  बिद्यालय  बाट  र्याली लियर भक्तीटाेलामा काेण शभामा  परिणत भएको कार्यक्रममा अखिल (छैठौं) केन्द्रीय सदस्य  तथा अर्घाखाँची  जिल्ला अध्यक्ष  जीवन  नेपाली र  अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य  नवीन खड्काले  सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा उहाँहरूले राष्ट्रघाती एम.सी.सी. सम्झौतालाई संसद्मा चोर बाटोको माध्यमबाट पारित गरे पनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एम.सी.सी. को विरुद्धमा विद्यार्थीहरूले निरन्तर सङ्घर्ष गर्ने बताउनु भयो ।
काेण शभा अखिल (क्रान्तिकारी  ) का जिल्ला उपाध्यक्ष  पदम नेपालीले  सन्चालन गर्नु भएको थियो ।

अन्य समाचारहरु