अर्घा भगवती विमानस्थल संचालनमा ल्याउन अझै वर्षौ लाग्ने, सबै अनिश्चित

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० शिखरबार्नीमा रहेको अर्घा भगवती विमानस्थल संचालनमा ल्याउन अझै केही वर्ष लाग्ने छ। 
                                                  तस्विर: गणेश खनाल, अर्घाखाँचीडट्कम

अर्घा भगवती विमानस्थल परिक्षण उडानको लागि तयार भएको नेता, इन्जिनियर ठेक्दारहरुले दावी गरेता पनि संचालनमा ल्याउन अझै केही वर्ष लाग्ने भएको हो । विमानस्थलको धावनमार्ग कालोपत्रे अझै हुन सकेको छैन् । विमानस्थल उपकरणका कुरा त टाढाको कुरा हो, धावनमार्गमा कालोपत्रे गर्न योजना नबन्दा सबै अनिश्चित भएको छ । 
पहिलो र द्रोस्रो चरण गरि ६५० मिटर लम्बाइ र ४० मिटर चौडाइको विमानस्थलको ‘रनवे’को काम पुरा भए सगै परिक्षण उडान गर्नको लागि भौतिक हिसाव हिसावल योग्य भएको दावी जिल्लाका नेता, ठेक्दार, इन्जिनियरले दावी गर्दै आएका छन् । 
कन्ट्रोल टावर, टर्मिनल, सुरक्षा लगायतक कयौ काम गर्न बाँकी रहेको छ, जसले व्यावसायिक उडान संचालनमा ल्याउन अझै वर्षौ लाग्ने देखिन्छ ।  उता भविष्य रनवे अनुसार १८ सिटे जहाजले उडान भर्न सकिने छ । 
यस्तै यसअघि अर्घा भगवती विमानस्थलको निर्माण कार्य पहिलो चरणमा पुष्पा जेभी कन्स्ट्रक्सनले पाँच करोड ६९ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको थियो । दोस्रो चरणमा ८ करोड १० लाखको निर्माण कार्यको लागि प्रदिप प्रतिभा खनाल ब्रदर्श जेभीले ३ करोड ५६ लाखमा ठेक्का पाएको थियो । जसअन्तर्गत एक लाख ८० हजार घन मिटर माटो कटिंग, १ लाख ७६ हजार माटो बोक्ने, ३९ सय घन मिटर फिलिंग र १८ सय घन मिटर ग्याभींग जाली,१५० मिटर रनवेको निर्माण कार्य सम्पन्न व्यवसायी कविराम खनालले बताउनुभयो । 
निर्माण कार्य सम्पन्न गर्नको लागि नागरिक उड्यन प्राधिकरणसँग एक बर्षको सम्झौता गरिएको थियो । जिल्लाबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवामा गएर हवाई यात्रा गर्दै आएका छन् । आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाडौं गई काम सकेर साझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पुरा हुने समय वर्षौ लाग्ने र अनिश्चित छ । 

अन्य समाचारहरु