अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला आजबाट कोरोना मुक्त भएको छ । जिल्लामा सक्रिय कोरोना संक्रमित शुन्य रहेको छ ।
उता जिल्ला पूर्ण रुपमा कोरोना मुक्त भएपछि जिल्लाभर स्थानियबासीमा खुशीयाली छाएको छ ।
उता आजको रिपोर्ट अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ० जना, भूमिकास्थान नगरपालिकामा ० जना, शितगंगा नगरपालिकामा ० जना, मालारानी गाउँपालिकामा ०, पाणिनी गाउँपालिकामा ० र छत्रदेव गाउँपालिकामा ० जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ४९६४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१८८ जना, भूमिकास्थान नगरपालिकामा ८०० जना, शितगंगा नगरपालिकामा ५५३ जना, मालारानी गाउँपालिकामा ५८४ जना, पाणिनी गाउँपालिकामा ५२७ जना र छत्रदेव गाउँपालिकामा ३१२ जना संक्रमित रहेका छन् ।
साथै पछिल्लो २४ घण्टामा जिल्लाभर ५ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म ४८७० जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा २१५८ जना, भूमिकास्थान नगरपालिकामा ७८४ जना, शितगंगा नगरपालिकामा ५३८ जना, मालारानी गाउँपालिकामा ५६७ जना, पाणिनी गाउँपालिकामा ५१५ जना र छत्रदेव गाउँपालिकामा ३०८ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ९४ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३० जना, भूमिकास्थान नगरपालिकामा १६, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १५, मालारानी गाउँपालिकामा १७, पाणिनी गाउँपालिकामा १२ र छत्रदेव गाउँपालिकामा ४ जना रहेका छन् ।
शुक्रवारको कोरोना विवरण यस्तो छ: