नरपानीमा जनसरोकारका बिषयमा प्रदेश सरकार र संचारकर्मी बीच छलफल | अघिल्लो सरकारका योजना काटिएको छैन: मन्त्री शर्मा (तस्बिरहरु)

केशबराज ज्ञवाली
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेश सरकारका सुचना तथा संचारमन्त्री तिलकराम शर्माले अघिल्लो सरकारले ल्याएका योजनाहरु कटौती नगरिएको स्पस्ट पारेका छन् । अर्घाखाँचीमा भएको जनसरोकारका बिषयहरुमा पत्रकारहरु संगको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
रिपोर्टस क्लव लुम्बिनी प्रदेशको आयोजना र लुम्बिनी प्रदेश सरकारको सहयोगमा अर्घाखाँचीको नरपानीमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले संचारकर्मिको समस्या समाधानमा प्रदेश सरकार लागिपरेको र आउदा दिनहरुमा पनि लागिपर्ने बताए । उनले आम जनसरोकारका बिषयहरु बाहिर ल्याउनमा पत्रकारहरुको भुमिका सराहनिय रहेको पनि बताए ।
दुई चरणमा भएको उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रमको पहिलो चरणमा बोल्दै लुम्बिनी प्रदेशका सांसद रामजी घिमिरेले गठबन्धनको खुलेर आलोचना गरे उनले पाणिनिको बजेट कटौती भएको भन्दै गुनासो पनि गरे । रिपोर्टस क्लब लुम्बिनिका अध्यक्ष रामकुमार क्षेत्रीले अध्यक्षता गरेको उक्त  कार्यक्रममा सम्धिखर्क नगरपालिकाका प्रमुख कमल भुसाल , उप प्रमुख ठाकुर बि. क. , दलित पत्रकारसंघका अध्यक्ष बिनोद पहाडी , लुम्बिनी प्रदेशका बार्ह जिल्लाका पत्रकार समाजसेबी र बुद्दिजिविहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत गरिएको कार्यपत्रमाथि टिप्पणी गर्दै टेलिभिजन एसोसिएसनका बिश्नु भुसालले प्राबिधिक जनसक्तिको अभाव रहेको बताए , यस्तै अनलाइन पत्रीका तर्फबाट बोल्दै एन बि कर्णेलले अनलाइन पत्रीकाहरुको ब्यबस्थापन , नियमन र सम्मनमा सरकारी निकाय चुकेको बताए । कार्यक्रममा टेलिभिजन , अनलाइन , रेडियो , छापा संचार माध्यम र बिट पत्रकारिता तर्फका टिप्पणीकर्ताहरुले आ आफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।

अन्य समाचारहरु