श्याम घिमिरे
चुत्राबेसी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क २ चुत्राबेसीमा त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको बिस्तारित बैठक तथा लेखा तालिम शनिवार सम्पन्न भएको छ ।
सहकारीले अवलम्वन गर्ने सात सिद्धान्तहरूमध्ये शिक्षा,तालिम र सूचना सम्बन्धि सिद्धान्तलाई आत्मसाथ गर्दे सहकारीले तालीमको आयोजना गरेको सहकारीका व्यवस्थापक तुल्सी खनालले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता र सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा सम्पन्न बैठक तथा तालीममा संस्थाका विर्तमान अध्यक्ष उत्तममणि मिश्रले शुभकामना मनतब्य राख्नुभएको थियो । बैठक तथा तालीमको अध्यक्ष घिमिरे र व्यवस्थापक खनाल लगायतले सहजिकरण गर्नुभएको हो ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारी सहित बिभिन्न उपसमितिका सदस्यको सहभागीता रहेको थियो ।