अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले) ले पछिल्लो पटक तिव्र रुपमा पार्टी प्रवेश कार्यक्रम चलाएका छन् ।
जिल्लाभर अन्य दलको तुलनामा कांग्रेस र एमालेले आफ्ना निकट पत्रकार मार्फत दैनिक जसो पार्टी प्रवेश समाचार बनाएर प्रचार प्रसार गरेका देखिन्छन् । जिल्लाभर कांग्रेस र एमालेले पार्टी प्रवेशको यतार्थ के हो यसबारे प्रवेश गरेका व्यक्ति, टोल, घरमा पुगेर लिएको सम्पूर्ण जानकारी सहित फ्याक्टचेक गरेका छौँ।
कस्ता व्यक्तिहरु पार्टी प्रवेश गरेका छन्:-
जिल्लाभर कांग्रेस र एमालेले प्रवेश गराएका करिव ९५ प्रतिशत मानिसहरु राजनीतिक नबुझेका तथा यस सम्बन्धी ज्ञान नभएका देखिन्छन् । ति मानिसहरुलाई एमाले, कांग्रेस पार्टीको नाम थाहा हुनु बाहेक सामान्य पार्टी सिद्धान्त, नेतृत्वका कुरामा अनविज्ञ देखिन्छन् । साथै प्रवेश गर्नेमा ६० प्रतिशत दलित, पिछडिएका जाती, जनजाती बढी छन् । भने ४० प्रतिशत अन्य वर्गका तर मजदुर, गरिव ।
पैसा बाढेर प्रवेश गराएका हुन्:-
हो, कांग्रेस र एमालेले जिल्लाभर ७० प्रतिशतलाई ५ सय, एक हजारदेखि ५ हजार रुपैयाँसम्म बाढेर पार्टी प्रवेश गराएका छन् । पैसा जिल्ला केन्द्रबाट नभएर स्थानिय वार्डका नेताहरुले बाढेका देखिन्छन् । नेताहरुले हाम्रो पार्टीमा प्रवेश गरे वापत यो सहयोग गर्छौ भनी अफर राख्छन्, जसमा अन्तिम अफर पैसा दिएर पार्टी प्रवेश गराइन्छ । किनकी बिकास, खानेपानी, बाटो दिन्छौ भन्ने कुरामा उनिहरु विश्वास पनि गरिदिनन्, आवश्यक पनि ठान्दिनन् । साथै पैसा लिदा प्रायले पुरा परिवारलाई प्रवेश गराउने गरी एक मुष्ट पैसा लिने गर्छन् । ति वार्डका नेताहरुको लक्ष्य (तार्गेट) अनुसार पार्टी प्रवेशको लिष्ट तयार गर्ने र अर्को दिन जिल्लाबाट नेता बोलाएर कार्यक्रम गर्ने।
पार्टी प्रवेशको संख्या विवरण ठीक हो ?
होइेन् । एकदम ठीक होइेन । जिल्लाभर टोल टोलमा पुगेर स्थानिय जनसंख्या भन्दा बढी विवरण देखाउदै पार्टी प्रवेशको प्रचार प्रसार गरेका देखिन्छन् । स्थानिय नेताहरुले सानो संख्या देखाउन भन्दा अनुमानित पछि आउने, काम गर्न गएकोले आउन नपाएको भन्दै नाम टिपाउने गर्छन् । साथै कार्यक्रममा गएका आफ्ना कार्यकर्तालाई समेत अविर, माला लगाइदिएर फोटो प्रचार प्रसार गर्छन् । भने आफ्ना पक्षका पत्रकारहरुलाई प्रचार प्रसारका लागि दुबै पक्षले सक्रिय बनाएका छन् ।
पार्टी प्रवेश गरेका व्यक्तिले आगामी चुनाव भोट् देला:
शायद दिन्छन्, पार्टी प्रवेश गरेका व्यक्तिले आगामी निर्वाचनमा भोट् दिन सक्छन्, किनकी उनिहरुले पार्टी प्रवेश गर्नु अगाडि पार्टी सद्स्य लिने र चुनावमा भोट् हाल्ने सर्तमा पैसा लिएका हुन्छन् । अहिले उनिहरुको दिमागमा यो चिन्हमा भोट् दिनुपर्छ, पैसा खाएका छौ भन्ने छ, भन्छन् अरु पार्टीले के दे र यो पार्टीले केही पैसा भएता पनि त दियो । साथै उनिहरु वार्डका नेताका निगारिनमा छन् ।