प्रेमनारायण आचार्य
बल्कोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिका वडा नम्बर ३ बल्कोटको दुन्द्रुकमा सिलाइकटाई तालिम शुरु भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत छत्रदेव गाउँपालिकाकाे अायाेजनामा सञ्चालन भएको सिलाइकटाई तालिम ४५ दिन सम्म चल्ने उद्यम विकास सहजकर्ता खडानन्द भुसालले जानकारी दिनुभयो ।
तालिमको एक कार्यक्रमका बिच छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पाेख्रेलले उद्घाटन गर्नुभएको हाे । तालिमको उद्घाटन गर्दैन अध्यक्ष पाेख्रेलले तालिममा सिकेका कुराहरू ब्यबहारमा उतारी स्वराेजगार बन्न सहभागीलाई आग्रह गर्नुभयाे ।
उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठले सिपकाे माध्यमबाट स्वराेजगार बनाउन गाउँपालिका लागिपरेको बताउनुभयो ।
कार्यक्रम वडा अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता र छत्रदेव गाउँपालिकाका उद्यम विकास सहजकर्ता खडानन्द भुसालको सञ्चालनमा सम्पन्न भएको हाे ।