डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कुनैपनि राष्ट्रको भविष्य निर्धारण गर्न सक्ने क्षमता राख्ने देशका मुख्य कर्णधार विद्यार्थीको हकहितको लागी स्थापित विभिन्नराजनीतिक दल निकट विद्यार्थी संगठनको नेपालमा आ-आफ्नै अस्थित्व रहेको छ ।
यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन को पाणिनि गाँउ पालिकाको प्रथम अधिवेशन पाणिनि गाँउ पालिकासभाहलमा सम्पन्न भएको छ ।
नेकपा एमाले प्रदेश सचिवालय सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता रहेको कार्यक्रम अनेरास्ववियु पाणिनि गाँउ पालिकाईन्चार्ज राजेश घिमिरेको अध्यक्षता र विद्यार्थी नेता विक्रम नेपालीको संचालनमा भएको थियो ।
नेकपा एमाले नेता तथा प्रदेश सांसद राम्जी प्रसाद घिमिरे, एमाले नेता जीव नारायण कोईराला ,पाणिनि गाँउ कमिटी ईन्चार्ज टेकराजन्यौपाने ले सुभकामना मन्तव्य व्याक्त गर्दै पाणिनीमा विद्यार्थी नेतृत्व मजवुत वनाउन आवश्यक रहेको वताउदै सम्पुर्ण विद्यालयकोपठनपाठन गुणस्तरिय वनाउन आजवाट नै भूमिका निभाउन आवश्यक रहेको वताउदै पार्टीको तर्फवाट सवै प्रकारको सहयोग हुनेआश्वासन समेत दिएका छन । पाणिनि गाँउ पालिका सभाहलमा उद्घाटन भएको अधिवेशनमा पाणिनि गाँउ स्थित १७ वटै माद्यमिकविद्यालयवाट प्रतिनिधित्व रहेको आयोजकले जानकारी गराएको छ ।
अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन अर्घाखाँचीकाअध्यक्ष नारायण भूसाल लगायतका केन्द्रीय तथा विभिन्न स्तरका विद्यार्थी नेताको उपस्थिति रहेको थियो । – तस्वीर डिआरजी सुमन/दुर्गाफाट,अर्घाखाँची ।