सन्धिखर्कमा वस्तुहरुको गुणस्तर र लेबलिङ सम्बन्धी एक दिने कार्याशाला गोष्ठी सम्पन्न

अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची फाल्गुन -३० । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा घरेलु तथा साना उधोग कार्यालय अर्घाखाँची द्वारा उत्पादित बस्तुहरुको गुणस्तर र लेबलिङ सम्बन्धि एक दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको छ।
   जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा को प्रमुख आतिथ्यता मा सम्पन्न गोष्ठी मा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल , प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा , प्रमुख अनुसन्धान अधिकृत सन्तोष बस्नेत , निमित्त जिल्ला समन्वय अधिकारी सृजना भुसाल खाध्य तथा गुणस्तर नियन्त्रण  कार्यालय भैरहवा का  बरिस्ठ खाध्य अनुसंधान अधिकृत  बिमल कुमार दाहाल ,खाध्य निरीक्षक जम्सना शर्मा , दिपक यादब , उधोग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, चेम्बर अफ कमर्श का अध्यक्ष अशोक कुमार श्रेष्ठ , उधोग बाणिज्य महासंघ का जिल्ला उपाध्यक्ष रामहरि भुसाल , होटेल ब्याबसाही संघ का अध्यक्ष मोहन सिंह ठकुरी , पत्रकार महासंघ का अध्यक्ष अशोक खनाल, पत्रकार शागर महत तथा विभिन्न ब्यापार पेशा  उधोग सग सम्बन्धि सरोकार वाला हरुको सहभागीता रहेको थियो । 
   सोमबार सन्धिखर्क मा सम्पन्न गोष्ठी मा उत्पादित बस्तु को गुणस्तर के हो, गुणस्तर मा आ आफ्नै परिभाषा  गुणस्तर नियन्त्रण , बस्तुको गुणस्तर – कारक तत्व , उत्प्रेरणा  सम्बन्धि बिषयमा छलफल गरिएको थियो 
   कार्यक्रम  घरेलु  तथा साना उधोग कार्यलय अर्घाखाँची का उधोग अधिकृत सन्तोष खनाल को अध्यक्षता तथा अधिकृत लक्ष्मी प्रसाद दाहाल को संचालन मा सप्पन्न भएको थियो ।

अन्य समाचारहरु