अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।
सन्धिखर्कमा २०७४ कार्त्तिक ६, सोमवार
जिल्लामा आगामी चैत ६ देखि स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुल्ने भएको हो ।
१८ वर्षदेखि ५४ वर्ष उमेर पुगेका इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आवेदन दिन पाउनेछन् । ४० दिन अवधि रहने म्यादी प्रहरीको छनौट प्रराम्भ चैत्र १५ गतेदेखि हुनेछ । यस्तै अन्तिम नतिजा चैत्र २२ गते प्रकासित हुनेछ । भने प्रशिक्षण चैत्र चैत्र २२ गतेदेखि शुरु हुनेछ ।
साथै अर्घाखाँचीडट्कमलाई दिएको जानकारी अनुसार म्यादी प्रहरीले प्रहरी जवान सरह मार्सिक २२,६८० रुपैया तलब गरी ४० दिनको ३०,२४० रुपैया कुल तलब पाउनेछन् । यस्तै खाद्यान्त्न वापत प रू.७,२०० पाउनेछन्, भने पोषाकको लागि प्रती व्यक्ती रु.६,००० पाउने छन् ।
साथै निर्वाचनको दिन खटिएको ठाउँमा आउन जानको लागि एक हजार रुपैया पाउनेछन् । यस्तै बिमा लगायतका सुविधा पनि उनिहरुले पाउनेछन् ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।
म्यादी प्रहरी भर्नाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिइने सूचनामा भनिएको छ ।